Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Prakash
२०७५ जेठ ३१ गते २२:४९
maile sabai gopya rakhnu ko karan Police batai Sabai Kura Leak Bhayara ho plz Yes choramara ko bharstha police upper karbhai Hos jasle Kasaile Ujuri Diyo Bhane Pani Mobile Published Gardine Jasta Kura haru Garda Rahechhan. Halsali Yeuta Yestai Ghatana Vo Kholama Gitthi Taskar huda Call Garne Person Ko Number Flash Garne Kam garyo Jasle Garda Usko Jiu Nai Jhokhim Ma Chha K garne Testa Mobile No Published Garne police wala Lai. yasai ta kasale pani voli police lai help ta gardaina. police aafaile le yaha ka tractor wala sanga khola ma dhunga gitthi uthaya bapat HAPTA Asuli Linchhan Jo maile Dekheko chhu. k chha yesko upaya plz
Krishan Datta Bhatt
२०७५ जेठ ३१ गते १५:४४
आफ्नो टाउकोमा देखाउँदै उनले चेतावनीपूर्ण शैलीमा मन्त्रीलाई भने, ‘यस्तैयस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वाचित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’
R_R
२०७५ जेठ ३१ गते १५:०५
laujaa...baame haru ko ta afnai party vitra, sarkarmai adhinayekbaad pasisakepo chha ta gaathe!!

मन्त्रीलाई नेकपाकै सांसदको प्रश्नः तपाईलाई लाज लाग्दैन ?

३१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । नेकपाकै सांसद प्रेम आलेले त मन्त्रीहरुमाथि जमिनदारी गरेको आरोप समेत लगाएका छन् ।

विषयगत मन्त्रालयको छलफलका क्रममा सांसद आलेले खेलकुदमन्त्रीको आलोचना गरे । आफूले डोटीका लागि सुरुमा सात वटा आयोजना दिएको तर, मन्त्रीले नै भनेर २ मा झारेको सुनाए । तर, बजेटमा एउटा पनि नपरेको गुनासो पोखे ।

खेलकुदमन्त्रीलाई प्रश्न गर्दै भने, ‘डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने । आफ्नो जिल्ला कास्कीमा २४/२४ वटा योजना हाल्ने ? लाज लाग्दैन तपाईलाई ?’

आफ्नो टाउकोमा देखाउँदै उनले चेतावनीपूर्ण शैलीमा मन्त्रीलाई भने, ‘यस्तैयस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वाचित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’

धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउन योजना नआएको भन्दै उनले आक्रोस पोखे ।

विमानस्थल स्तरोन्नतीका लागि प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटन मन्त्रीलाई आग्रह गरेको र सबैले हुन्छ भनेको तर एक कानले सुन्ने अर्कोले उडाउने गरेको उनको आरोप छ । कर्णालीमा परेको ५७ मध्ये ४४ वटा योजना डोल्पामा मात्र लगिएको भन्दै उनले भने, कर्णालीको नाममा जमिनदारी भएको छ ।’

पदयात्राका नाममा कमिसन खाने खेल भएको दाबी गर्दै नेकपाका सांसद आलेले अघि भने, ‘पदयात्रा भनेको डोजर लगाएर बाटो बनाउने होइन । पदयात्रा भनेको उसै कर्मचारीले घिच्ने बजेट भएकाले तुरुन्त हटाउन माग गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment