Comments Add Comment

सिड्नीमा खुल्यो नेपालीको अर्को शिक्षालय

सिड्नी / अस्ट्रेलियाका नेपाली सूचना प्रबिधि ब्यबसायी भीम खरेल तथा रेस्टुरेन्ट ब्यबसायी राज खनालले अस्ट्रेलियाको शिक्षालय क्षेत्रमा लगानी सुरु गरेका छन् ।

उनीहरुको स्वामित्वोको किंग्सफोर्ड इन्टर्नेशनल इन्स्टिच्यूट हालै उद्घाटन भएको हो । एक सन्ध्याकालीन समारोहका बीच अस्ट्रेलियाका नेपालीहरुको पहिलो पुस्ताकी स्थापित ब्यक्तित्वो इन्द्रा बन र न्यू साउथ वेल्सका लागि नेपाली महाबाणिज्य दुत दीपक खड्काले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।

सिड्नीको मुख्य रेल अखाडा सेन्ट्रल नजिकै खुलेको उक्त शिक्षालयमा औपचारिक अध्ययन केहि महिनामा सुरु हुने भएपनि दर्ता तथा संचालन सम्बन्धी सम्पूर्ण सरकारी प्रक्रिया पुरा भएको ब्यबस्थापकहरुले बताएका छन् ।

शिक्षालयको आन्तरिक सजावोट, शैक्षिक सामग्रीहरुको ब्यबस्थापन, शिक्षक तथा कर्मचारीहरुको भर्ति लगाएत सबै काम पुरा भैसके पछि समुदायलार्इ जानकारी दिन औपचारिक समारोह आयोजना गरिएको थियो ।

सिड्नीका उपलब्ध सामाजिक अगुवा, शैक्षिक परामर्श ब्यबशायी, बिभिन्न पेशाकर्मी तथा बिद्यार्थीहरु सहभागी उक्त सन्ध्याकालीन समारोहमा बोल्दै महाबाणिज्यदुत खड्काले भने – स्थापित ब्यबशायिहरुले नया नया ब्यबसाय खोल्नु निकै राम्रो हो ।

नेपालीहरुका ब्यबसाय अस्ट्रेलियामा बढ्नु र प्रगति हुनु झन् खुशीको कुरा हो । सामाजिक अगुवा इन्द्रा बनले पनि नया खुलेको शिक्षालयको प्रगति को कामना गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment