Comments Add Comment

प्रहरीको हेल्मेटमा क्यामेरा !

३१ जेठ, झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडले गस्तीमा खटिएका प्रहरीले प्रयोग गर्ने हेल्मेटमा क्यामेरा जडान गरेको छ ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाको सक्रियतामा अपराध अनुसन्धानमा सत्य, तथ्य प्रमाण जुटाउन सहज हुने अपेक्षासहित प्रहरीले क्यामेरा जडान गरेको हो ।

कार्यालयका अनुसार मोटरसाइकलमा निस्किने प्रहरीको हेल्मेटमा र गस्तीमा निस्किने प्रहरीको शरीरमा क्यामेरा जडान गरिएको छ ।

‘कुनै पनि घटनामा प्रत्यक्ष संलग्नलाई पक्राउ गर्दा समेत प्रहरीलाई अभियोग लाग्ने गरेको थियो । तर, क्यामेरा जडानसँगै त्यस प्रकृतिको समस्या धेरै हदसम्म हल हुने विश्वास लिएका छौं’, डिएसपी कोइराला भन्छन्, ‘यसले गर्दा अपराधी उम्कन सक्ने छैनन्, प्रहरीलाई पनि अभियोग लाग्ने क्रम घट्छ ।’

घटना स्थलमा के भएको थियो भन्ने कुराको आवज र दृष्य दुवै क्यामरामा कैद हुनाले अनुसन्धानमा सहज हुने विश्वास प्रहरीको छ ।

इप्रका, बिर्तामोडकै पहलमा बिर्तामोड नगरपालिकाभित्रका विभिन्न ठाउँमा सीसी क्यामेरा समेत जडान गरिएको छ । सीसी क्यामेरा जडानले अपराधीलाई कानुनी दायरामा ल्याउन सहज भएको डिएसपी कोइराला बताउँछन् ।

बुधबारबाट मुक्ति चोकबाट पश्चिम चारपाने, लक्ष्मीपुर क्षेत्रमा सीसी क्यामरा जडान कार्य सुरु गरेका उनले बताए ।

– मनिषा चम्लागाईँबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment