Comments Add Comment

‘जय भोले’को गीत रिलिज, ‘उम्लियो भने पोखिन्छ’ भन्दै स्वस्तिमा र सलोन


चलचित्र ‘कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेपछि चर्चित बनेकी नायिका स्वस्तिमा खड्काले अर्को एक चलचित्रको गीतमा लोभलाग्दो नृत्य गरेकी छिन् ।

अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतमा स्वस्तिमाको नृत्य गज्जबको छ ।

राजनराज सिवाकोटीको स्वर, शब्द र संगीत रहेको यो गीतमा मेलिना राइको पनि आवाज छ । यो गीतको भिडियोमा स्वस्तिमा खड्का, सलोन बस्नेत, खगेन्द्र लामिछाने, सौगात मल्ल, वुद्दि तामाङ, राजाराम पौडेल लगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।

बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको यो गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । यो गीतको स्वाद ‘कुटुमा कुटु’को जस्तो लाग्छ । राजनराजले फेरि एकपटक राम्रो गीत बजारमा ल्याएका छन् । भिडियोको कोरियोग्राफी औषत छ । कलाकारको कम्मर मकाई भने गज्जबको छ ।

पूर्वको अर्जुनधारामा खिचिएको यो गीतको भिडियोमा चलचित्रका सबै कलाकारलाई फिचरिङ गरिएको छ, जुन यसको आकर्षक पक्ष हो ।
यो बर्षको दशैंको फूलपातिबाट रिलिज हुन लागेको यो चलचित्रलाई कमेडी जनरामा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment