Comments Add Comment

स्वस्तिमाको प्रश्न : प्रियंका दिदीले हुने, मैले किन नहुने ?


नायिका स्वस्तिमा खड्का बिहिबार चलचित्र ‘जय भोले’को एउटा गीत रिलिज कार्यक्रममा पत्रकारमाझ प्रस्तुत भइन् । अनुभवको कमि हो वा अहम् चढ्न थालेर हो, उनले पत्रकारको प्रश्नको अलिक ठाडो शैलीमा जवाफ दिइन् ।

एउटै दिन रिलिज हुन लागेको चलचित्र ‘जय भोले र छक्का पन्जा ३’मा देखिएकी स्वस्तिमालाई पत्रकारले सोधे-‘छक्का पन्जा ३ को एउटा गीतमा देखिदा जय भोलेलाई असर गर्छ जस्तो लाग्दैन ?’

स्वस्तिको जवाफ आयो ? ‘के भयो त ? २ वटा फिल्म आउनै हुन्न भन्ने छ र ?’ त्यसपछि उनले नायिका प्रियंका कार्कीको उदाहरण दिइन् ।
‘प्रियंका दिदीको एकैचोटि ४ वटा चलचित्र रिलिज हुँदा केही नहुने, मेरो दुईवटा आउँदा के भयो ?’

स्वस्तिमाले अगाडि थपिन्-‘मेरो सम्बन्ध दिपकराज गिरी दाई र दिपाश्री निरौला दिदीसँग निकै माथिको छ । मलाई उहाँहरुले केमियो भूमिकाको अफर गरे पनि म नाई भन्दिनँ ।’

चलचित्र ‘जय भोले’ को लोकलयको गीत आज रिलिज भएको हो । यो गीतमा देखिएकी स्वस्तिमा छक्का पन्जा-३ मा पनि लोकलयकै गीतमा नृत्य गर्दैछिन् । छक्का पन्जा ३ को गीत पनि सार्वजनिक भएपछि दर्शक कन्फ्यूज हुन सक्छन् । भलै, स्वस्तिमाले ‘जय भोले’का निर्देशक अशोक शर्मालाई सोधेरै ‘छक्का पन्जा-३’ मा काम गरेको बताएकी छिन् ।

‘जय भोले’को गीत रिलिज, ‘उम्लियो भने पोखिन्छ’ भन्दै स्वस्तिमा र सलोन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment