Comments Add Comment

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेकपाका विद्यार्थी संगठनको माग

३१ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गरी दुई संगठनले पेट्रोलियम पदार्थमा तोकिएको करको दर घटाउन र आयल निगमको चुहावट तथा फजुल खर्च रोक्न पनि माग गरेको छ ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले रातो र नीलो सिलिण्डर बनाई रातोलाई सहुलियत रुपमा विद्यार्थीलाई वितरण गनर्ुे पुरानो सम्झौता कार्यान्वयन गर्न पनि माग गरेको छ ।

उनीहरुले बजेटमा शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने कार्यक्रम राखिएकोमा स्वागत गर्द तत्काल कार्यविधि बनाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ । ‘उक्त ऋणमा व्यवस्था गरिएको ५ प्रतिशत ब्याजको विद्यमान प्रावधान खारेज गरी विद्यार्थी आन्दोलनको माग अनुसार विना ब्याज शैक्षिक ऋण उपलब्ध गराउन माग गर्दछौं’ अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुई विद्यार्थी संगठनले शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न, निजी विद्यालयले बढाएको शुल्क फिर्ता लिन पनि माग गरेको छ ।

मुलुकलाई भारत पर्ने गरी भूतपूर्व विशिष्ट पदाधिकारीलाई सुविधा नदिन र समयमा काम नगर्ने ठेकेदार र कालोबजारी गर्ने ब्यापारीलाई कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् । विद्यार्थी संगठनले यी माग राखेर चरणवद्ध आन्दोलन सुरु गरेको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment