Comments Add Comment

भदौ १मा ‘आईसीटी अवार्ड २०१८’ 


३१ जेठ, काठमाडौं । लिभिङ विथ आईसीटीले  ‘आईसीटी अवार्ड २०१८’  गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले आगामी भदौ १ गते आईसीटी अवार्डको तेस्रो संस्करण हुन लागेको जानकारी दियाे । अवार्डमा आईसीटी क्षेत्रका विभिन्न ७ विधा समेटएको छ ।

यसअन्तर्गत बेस्ट स्टार्टअप आईसीटी अवार्ड, बेस्ट प्रडक्ट आईसीटी अवार्ड, आईसीटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्डसहित नयाँ विधाका रुपमा डिजिटल गभर्नेन्स अवार्ड, आईसीटी आन्ट्रप्रेनियर अवार्ड र आईसीटी मिडिया अवार्ड समावेश गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

स्टार्टअप कम्पनी अवार्ड ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्पर्धा गर्ने अवार्ड हो भने आईसीटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्पर्धा गराइनेछ । यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढी समय आइटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिन्छ ।

त्यस्तै आईसीटी डायस्पोरा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई घोषणा गरिनेछ । यस संस्करणमा थपिएको आईसीटी आन्ट्रप्रेनियर अवार्डअन्तर्गत कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई सम्मान दिइनेछ ।

आईसीटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान गरिन्छ । आईसीटी मिडिया अवार्डमा कम्तीमा ३ वर्ष यस विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

अवार्डमा सहभागी हुन केही विधामा आफैंले तथा केही विधामा अरुले नोमिनेशन गर्नुपर्ने हुन्छ । अनलाइन रजिस्ट्रेसन असार १ गतेदेखि खुला हुनेछ । असार १६ गतेसम्म खुला रहने अनलाइन रजिस्ट्रेसनमा जोकोहीले निश्चित मापदण्ड पूरा गरी नोमिनेसन दर्ता गर्न सक्ने आयोजक समितिका अध्यक्ष लम्सालले जानकारी दिए ।

अनलाइन रजिस्ट्रेसनका लागि आधिकारिक वेबसाइट www.ictaward.org तथा आईसीटी नामक एन्ड्रोइड मोबाइल एप्लिकेसन प्रयोग गर्न सकिनेछ । आइसिटेक मिडिया प्रालिका अध्यक्ष लम्सालले यस संस्करणको अवार्डलाई भव्य र विश्वसनीय बनाउने प्रयासमा रहेको बताए ।

‘यस वर्षको संस्करणमा ३ विधा थप गर्दै प्रविधिको क्षेत्रका सबै व्यक्ति तथा संस्थालाई समेट्ने प्रयास गरिएको छ,’ उनले भने । त्यस्तै प्राप्त आवेदनहरुलाइ वेबसाइटमा सार्वजनिक गरिएको छनोट प्रक्रियाअन्तर्गत विभिन्न चरणका मिटिङ, अन्तर्वार्ता तथा अनलाइन भोटिङ सञ्चालन गरिने निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले बताए ।

आवेदन कसरी ?

अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward.org लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको APPLY NOW मेनुमा क्लिक गरेपछि आवेदन फर्म आउनेछ । उक्त फर्ममा उल्लिखित मापदण्ड तथा क्राइटएरियाअनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ ।

पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि बुझाउन सकिनेछ । यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ICT Award सर्च गरी एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ । असार १ देखि १६ गतेसम्म अनलाइन आवेदन खुला हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment