Comments Add Comment

नेकपाको पार्टी सञ्चालन नियमावली ओली र प्रचण्डलाई बुझाइयो

केन्द्रमा ३२ वटा बिभाग रहने,पार्टी सदस्य साधारण र संगठित हुने

३१ जेठ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको बिधान र नियमावली सम्पादनसहित अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । महासचिव बिष्णु पौडेल संयोजक तथा  देवप्रसाद गुरूङ, बेदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेको नियमावली मस्यौदा कमिटीले ११ अनुच्छेद र ३३ दफा सहितको पार्टी सन्चालन नियमावली विहिवार बुझाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धयलाई निमायवली बुझाइएको र सो निमायवली बिधानको ब्याख्या सहित दिइएको मस्यौदा कमिटीका सदस्य तथा नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

नियमावलीले नेपाल कम्युनिस्ट पार्टीको केन्द्रमा ३२ वटा बिभाग रहने व्यवस्था गरेको छ । बिभागमा प्रमुख, उपप्रमुख र सचिवसहित ३५ सदस्य रहनेछन् । प्रमुख र उपप्रमुख केन्द्रीय कमिटीबाट तोकिनेछन् भने सचिव बिभागका सदस्यले चयन गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रदेश कमिटीका बिभागहरुमा १५ र जिल्लाका बिभागमा ११ सदस्य रहने व्यवस्था गरिएको भुसालले बताए । भातृ संगठनहरुको समन्वय गर्न मोर्चा संगठन बन्ने भएको छ भने सम्पर्क मन्चहरुको समन्वय गर्न सम्पर्क समन्वय कमिटी गठन हुने भएको छ ।

त्यस्तै प्रवास कमिटीले प्रवासमा रहेका प्रवासी मञ्चहरुको संयोजन र त्यहाँ कार्यरत सदस्यहरुको बरियता निर्धारण गर्नेछ । तर प्रवासमा पार्टीका कमिटी बने गठन नगरिने नियमावलीमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सदस्यता नविकरण प्रत्येक वर्षको फागुन र चैतमा गर्नुपर्ने र पार्टी एकीकरण भएको यो वर्ष ६ महिनाभित्र नविकरण गरिसक्ने उल्लेख छ । नेकपाका दुई प्रकारका सदस्य हुनेछन् ।

साधारण सदस्यको सदस्यता शुल्क २० रुपैया र संगठति सदस्यको १०० रुपैया मासिक कायम गरिएको भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment