बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki

नेकपाको दल दर्ता खारेज माग गर्दै सर्वोच्चमा रिट

Suzuki
अनलाइनखबर

३१ जेठ, काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता इन्दु तुलाधरले बिहीबार संविधान र कानुन विपरीत रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

‘दल दर्ताका लागि सो पार्टीको केन्द्रीय समितिमा एक तिहाई महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था’ विपरीत सो पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।

रिटमा संविधान र दल दर्ता ऐन बमोजिम सो दल र अन्य दलहरुलाई पनि दल दर्ता गर्न/गराउन तत्काल परमादेश जारी गर्न पनि माग गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

निर्वाचन आयोगले गत जेठ २३ गते केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दल दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णय संविधान र दल दर्ता ऐन विपरीत भएकाले खारेज गर्नुपर्ने रिट निवेदकहरु वरिष्ठ अधिवक्ता भण्डारी र अधिवक्ता तुलाधरको दावी छ ।

२०७५ जेठ ३१ गते १८:४८ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • मोहित थापा लेख्नुहुन्छ    |   २०७५ असार १ गते ३:३०

    अबको पाँच बर्ष भनेको कांग्रेसको पराजित मानसिकता लिएर “ काम पाईनस बुहारी पाडाको के कन्याउ” भन्ने उखान पछ्याउँदै बस्ने मात्रै भयो…..

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this