Comments Add Comment

इदमा प्रदेश २ ले दियो सार्वजनिक विदा

प्रदेश प्रहरी ऐन पारित

३१ जेठ, जनकपुरधाम । मुस्लिम धर्मावलम्बीको पर्व इदको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिएको छ ।

केन्द्र सरकारले इदको विदा कटौती गरेको भनेर विरोध भइरहेका बेला प्रदेश २ ले भने विदा दिएको हो ।

बिहीबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले इदको अवसरमा आउँदो आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरी ऐन पनि पारित गरेको छ ।

ऐन छिट्टै प्रदेश संसद सचिवालयमा दर्ता हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । प्रदेश प्रहरी ऐनको मस्यौदा अन्तिम चरण रहेको र केही विज्ञहरुको छलफलपछि मन्त्रिपरिषदको बैठकले पारित गरेकोे मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

केही महिनाअघि नै प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको संयोजकत्वमा बनेको समितिले तयार गरेको ऐनलाई विज्ञहरुसँगको विभिन्न चरणमा भएको छलफल पश्चात तयार गरी मन्त्रिपरिषदको बैठकले पारित गरेको हो ।

प्रदेशको शान्ति सुरक्षा तथा जनतालाई संघीयताको अनुभूति गराउन समेत प्रदेश प्रहरी आवश्यक रहेको भन्दै प्रदेश सरकारले यथाशीघ्र प्रदेश प्रहरी ऐन ल्याएको र छिटै संसदमा दर्ता हुने जनाएको छ ।

यसअघि प्रदेश प्रहरी ऐन निमार्णमा क्रममा भएको विभिन्न छलफल कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनको बेला मधेसी जनताले देखेको सपना आफ्नै प्रहरी आफनै प्रशासनलाई साकार गर्न प्रदेश सरकारले प्रहरी ऐन ल्याउन लागेको बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment