Comments Add Comment

छापामा आजः मन्त्रीकै अनुगमन तयारीमा प्रधानमन्त्री ओली


१ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र हिजोदेखि शुरु विश्वकप फुटबलको समाचारलाई आजका पत्रपत्रिकाहरुले बढी महत्त्व र स्थान दिएका छन् ।

शुरु भयो फुटबल महाकुम्भ’ शीर्षक दिएर पहिलो पृष्ठमा विश्वकप फुटबलको २१ औं संस्करण उदघाटन समारोहको तस्वीर छापेको कान्तिपुरले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणबारे चर्चा गरेको छ । भारतमा सम्पादकको गोली हानी हत्या भएकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुरमा जस्तै प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डाबारेको खबर अन्नपूर्णमा पनि छ । समाचार अनुसार, भ्रमणका क्रममा पुरानै एजेन्डा उठाइँदै छ ।

विश्वकप फुटबलको २१ औं संस्करण उदघाटनका क्रममा कलाकारले प्रदेर्शन गरेको कलाको तस्वीर छापेको अन्नपूर्णले मन्त्रीविरुद्ध सत्तारुढ सांसद् नै खनिएकोलगायत समाचार लेखेको छ ।

नागरिकमा फुटबल कुम्भमेलाको खबर त छँदैछ, त्यसका अतिरिक्त पुँजीगत खर्च आधाभन्दा कम भएको, आठभन्दा बढी सम्झौतामा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गर्न लागेको लगायत समाचार समेटिएका छन् ।

प्रदेश सरकारले ल्याउन लागेको बजेटबारे मुख्य समाचार लेखेको नयाँ पत्रिकाले प्रधानमन्त्रीे नै मन्त्रीको अनुगमन गर्न लागेको छापेको छ । विश्वकप फुटबलसँग सम्बन्धित खबरलाई भने नयाँ पत्रिकाले मध्यपृष्ठमा पस्केको छ ।

मन्त्रीहरुको अनुगमनको तयारीमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरुको कार्यसम्पादन थप प्रभावकारी रुपमा अनुगमन गर्ने भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मन्त्रालयको कार्यसम्पादनको अनुगमन, अन्तरमन्त्रालय र विभागहरुबीच सहजीकरण तथा समन्वय नयाँ ढंगले अघि बढिरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्तालाई कोट गर्दै नयाँ पत्रिकाले लेखेको छ ।
समाचार अनुसार गुनासो सम्बोधनका निम्ति प्रधानमन्त्री ओली एप्समार्फत पनि जनतासँगै जोडिँदै छन् ।

नेकपाको वरीयताः कहिले ओली, कहिले प्रचण्ड अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको नयाँ पत्रिकामा खबर छ ।

दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने गरी विधान तयार भएको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको मस्यौदा बुझायो ।

बैठकको अध्यक्षता गर्ने अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्को दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ । औपचारिक पत्रहरूमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ । ‘आलोपालो बैठकको अध्यक्षता गर्ने क्रममा एउटा अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्कोको दोस्रो हुने गरी विधानको मस्यौदा बनाइएको छ,’ कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘अब स्थायी समिति बैठकले विधान र नियमावली पास गरेपछि प्रकाशन हुनेछ ।’

फोन रेकर्डले प्रहरीबीचमै शंका

सनम शाक्य हत्या र साढे ३३ किलो सुन गायब प्रकरणमा प्रहरी अधिकारीबीचको संवाद रेकर्ड बाहिरिएपछि त्यसले अनेक शंका उब्जाएको अन्नपूर्णमा समाचार छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोली धरान जानुअघि तत्कालीन प्रहरी निमित्त महानिरीक्षक बमबहादुर भण्डारीसँग एसएसपी दिवेश लोहनीले दोहोरो कुराकानी गरेका थिए । आवश्यक परे गोली नै चलाउन निर्देशन दिएको छु भनेर भण्डारीसँग आदेश लिएका लोहनीले वार्तालापको फोन रेकर्ड गरेका थिए ।

अपरेसनमा टोली पठाउँदा फस्न सक्ने आकलन गरेरै प्रमाण जुटाउन लोहनीले रेकर्ड गरेका थिए वा नियोजित रुपमा अनुसन्धानकै क्रममा छ ।

बिना अध्ययन थपिँदै विश्वविद्यालय

सरकारले यसअघि स्थापित विश्वविद्यालयहरुलाई व्यवस्थित गर्न नसकिरहेका बेला थप विश्वविद्यालय खोल्ने निर्णय गरेको छ ।

कान्तिपुरका अनुसार आर्थिक वर्ष २०७५–७६ को बजेट भाषणमै विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उल्लेख छ ।

उक्त विश्वविद्यालय कहाँ रहने भन्ने टुंगो भइसकेको छैन । पूर्वी नेपालको भोजपुरकी योगमाया न्यौपाने सामाजिक कुरीतिविरुद्धकी अभियन्ता हुन् । उनीसहितको महिलाले सामुहिक जलसमाथि लिएका थिए ।
यसरी हचुवाको भरमा विश्वविद्यालय खोल्न लागिएको भन्दै विज्ञहरुले असन्तुष्टि जनाएका छन् ।

अब खाडीका राम्रा कम्पनीमा मात्रै नेपाली


खाडीका सबै पंकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् ।

कान्तिपुरका अनुसार कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरुले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् ।

साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्याउन अनुमति दिन थालिएको बताएको कान्तिपुरमा खबर छ ।

हेर्नुहाेस् अाजकाे पत्रपत्रिकाका पहिलाे पृष्ठ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment