Comments Add Comment

प्रदिपको ‘रोजी’को छायांकन स्थगित


नायक प्रदिप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘रोजी’को छायांकन स्थगित भएको छ । आधा भन्दा बढी छायांकन सकिएको बताउँदै निर्देशक निरक पौडेलले विवादका कारण छायांकन स्थगित गर्नुपरेको बताए ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको ठाडो आदेशमा चलचित्रको छायांकन स्थगित भएको हो । रोजी महर्जनको हत्यकाण्डमा चलचित्र बनिरहेको खबर सार्वजनिक भएपछि रोजीको परिवारले आपत्ती जनाएको हो । चलचित्र विकास बोर्डमा विभिन्न चरणमा कुराकानी भएपनि सहमति हुन सकेको छैन ।

बिहिबार पनि बार्ता भएको थियो । तर, कुराकानी सहमतीमा पुग्न नसकेपछि अर्को बुधबार सम्मलाई चलचित्रको छायांकन स्थगित गरिएको हो । यसरी, चलचित्रको छायांकन स्थगित हुँदा निर्मातालाई लाखौ घाटा हुनेछ । रोजीको परिवारले भने छोरीको कथामा चलचित्र बन्न नदिने बताएको छ ।

प्रदिप खड्का, परमिता आर एल राणा र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्रको अब २० दिनको छायांकन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment