Comments Add Comment

मेस्सीका फ्यान अनमोल, भन्छन्–‘अर्जेन्टिनाले विश्वकप जित्नुपर्छ’


बिहिबारदेखि सुरु भएको ‘विश्वकप फुटबल २०१८’को रौनकले नेपालीलाई पनि छोएको छ । आ–आफ्नो टिमको जर्सी लगाएर शहरमा यूवायूवतीको हिडिरहेको देखिन्छ । विश्वकप फुटबलले नेपाली चलचित्रका कलाकारलाई पनि छोएको छ ।

फुटबलको क्रेजले नायक अनमोल केसीलाई पनि छपक्कै छोएको छ । झन्, यसपटक उनी आफै फुटबल खेलाडी बनेकाले उनमा विश्वकपको रौनक बढ्नु स्वभाविक नै हो । चलचित्र ‘क्याप्टेन’मा फुटबल खेलाडी बनेका अनमोलले आफू सानैदेखि अर्जेन्टिनाको फ्यान भएको बताए । उनले भने–‘म सानैदेखि अर्जेन्टिनाको फ्यान हुँ । झन्, मेस्सीको त ठूलो फ्यान हुँ ।’

तर, उनले ३२ वटै राष्ट्र विश्वकपका लागि उत्तिकै दावेदार भएको बताए । पोर्चुगल, ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स, बेल्जियमको खेल पनि उत्कृष्ट रहेको भन्दै उनले आफूलाई यसपटक अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने लागेको बताए । उनले अगाडि थपे–‘मेस्सीले अहिलेसम्म विश्वकप जिताउन सकेका छैनन् । यसैले, यसपटक उनको सपना पुरा होस् भन्ने चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment