१ असार, काठमाडौं । विश्वकप फुटबलका गतिविधि हाम्रो पात्रोले पनि समेट्ने भएको छ ।
हाम्रो पात्रोले एक नयाँ ‘एप’ सार्वजनिक गर्दै प्रयोगकर्ताहरूसमक्ष खेलका गतिविधि अपडेट गराउने जनाएको छ ।
नयाँ एप Football World 2018 मा विश्वकप फुटबलका गतिविधि समेटिने र यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिनेछ ।
हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले विश्वकप फुटबललार्इ नेपाली प्रयोगकर्तासम्म जोड्ने प्रयास सन् २०१४ देखि नै थालेको र यसपटक वृहत र रोचक बनाइएको बताए ।
आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट गर्न मिल्ने सुविधा पनि एपले राखेको छ । जसका लागि देशको झण्डामाथि भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।