Comments Add Comment

सलमान खानको पहिलो कमाई ७५ रुपैयाँ

बलिउड अभिनेता सलमान खान भारतकै सबैभन्दा धनी सेलिब्रिटीमा पर्छन् । एउटै फिल्मबाट सयौं करोड कमाउने उनी टिभीमा समेत उत्तिकै महंगा छन् ।

विगत बोशको ११ औं श्रृंखलामा उनले प्रति एपिसोड ११ करोड लिएका थिए । त्यही पनि उनले आफ्नो पारिश्रमिक कम भएको बताउने गरेका छन् । यसैगरी स्टेजमा ५ मिनेट उनलाई नचाउन पनि आयोजकले करोडौं रुपैयाँ निकाल्नुपर्छ ।

यो त अहिलेको कुरा भयो । पहिलेको कुरा अर्कै छ । तपाइर्ंलाई पत्यार नलाग्ला, तर सलमान खानले पहिलोपटक स्टेजमा पर्फम गर्दा पाएको पारिश्रमिक थियो जम्मा ७५ भारु । ताज होटलमा आयोजित एक कार्यक्रममा गु्रपमा नाच्दा उनले यो पारिश्रमिक पाएका थिए । यही नै उनको जीवनको पहिलो कमाई थियो ।

सलमान भन्छन्, ‘त्यति बेला म किशोरावस्थामा नै थिएँ । एक जना साथीले डान्स गर्दा म ब्याकग्राउन्ड डान्सरको रुपमा थिएँ । डान्सपछि हामी सबैलाई ७५ भारु दिइएको थियो । म निकै खुशी भएँ किनकी यो मेरो पहिलो कमाई थियो ।’

सलमानले खेलेको पहिलो फिल्म चाहिँ ‘मैने प्यार किया’ हो । यो फिल्मबाट उनले ३१ हजार पारिश्रमिक पाएका थिए । तर, फिल्म सुपरहिट भएपछि उनलाई ७५ हजार दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment