Comments Add Comment

बालीनालीलाई किराबाट बचाउने सेक्सी वनस्पती


जनावरहरुमा यौन आकर्षण पैदा भई भाले पोथीबीच समागम हुनु त नियम नै हो । तर वैज्ञानिकहरुले यस्तो बिरुवा तयार गरेका छन् जसले यौन आकर्षण पैदा गरी किराहरुलाई आफूतर्फ आकर्षित गर्दछ र आफ्नो जालमा पारिसकेपछि त्यस्ता किराहरुको हत्या गर्दछ ।

स्पेनका वैज्ञानिकहरुले वनस्पतीमा अनुवंशिक परिवर्तन गरी यस्तो गुणको विकास गराएका हुन् जसबाट बिरुवालो फेरोमोन्स नामक रसायन पैदा गर्दछ । फेरोमोन्स यस्तो रसायन हो, जुन सामान्यतः पोथी किराले भाले किरालाई आकर्षित गर्नका लागि शरीरबाट उत्सर्जन गर्दछ ।

बजारमा निकै धेरै मूल्य पर्ने खालका वनस्पतीलाई किराहरुबाट बचाउन यो आविष्कार सहयोगी हुने बताइएको छ ।

यो प्रविधिको प्रयोग गरी विकसित गरिने बिरुवालाई सेक्सी वनस्पती भन्न सकिन्छ । किनकि यसले किराहरुलाई यौन आकर्षित गर्दछ ।

वनस्पतीहरुलाई किराहरुबाट जोगाउन फेरोमोन्सको प्रयोग पहिलेदेखि नै हुने गरेको भए पनि प्रयोगशालामा उत्पादन गरिने रसायन निकै महंगो हुने गरेको थियो । तर नयाँ प्रविधिको सहायताले वनस्पती आफैंले यो रसायन उत्पादन गर्नेछ ।

किरालाई आकर्षित गरी हत्या गर्ने सेक्सी विरुवा उत्पादन गर्ने परियोजनाको नाम ससफायर राखिएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment