Comments Add Comment

‘छक्का पन्जा ३’मा केमियो खेल्न तयार अशोकको रणनीति भने यस्तो


निर्देशक अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘जय भोले’ यो बर्षको दशैको फूलपातिमा लाग्दैछ । अशोकको यो चलचित्रसँगै अर्को चलचित्र ‘छक्का पन्जा ३’ पनि लाग्दैछ । यसैले यो बर्षकै ठूलो भिडन्तको रुपमा हेरिएको दुई चलचित्रको रिलिजको गर्मीले अहिलेदेखि नै छोएको छ ।

बिहिबार चलचित्र ‘जय भोले’को गीत रिलिज कार्यक्रममा अशोक शर्माले आफूलाई अफर आएको खण्डमा ‘छक्का पन्जा ३’मा पनि काम गर्न तयार भएको बताएका थिए । अशोकले दशैमा दुइवटा चलचित्र रिलिज हुँदा दर्शकले दुबैबाट मनोरञ्जन गर्ने बताएका थिए ।

तर, आफूसँग जुध्न लागेको चलचित्रमा नै खेल्न तयार रहेको बताउने अशोकको भित्री रणनीति भने अर्कै छ । डीसीएनका प्रमुख भएको नाताले पनि उनीसँग देशभरका हलहरुको सम्बन्ध राम्रो छ । यसैले, अशोकले अहिलेदेखि नै हल बुक गर्न थालिसकेका छन् । यो बिषयमा उनले पत्रकार सम्मेलनमा भने–‘हरेक मेकरले आफ्नो चलचित्र धेरै हलमा चलोस् र राम्रो कमाई गरोस् भन्ने चाहन्छ । म पनि सोही अनुसार लाग्नु स्वभाविक नै हो ।’

अशोकको यो भनाइबाट पनि थाहा हुन्छ कि, यसपटक दशैमा हल विवाद चर्कने पक्का छ । काठमाण्डौका अधिकांश मल्टिप्लेक्सलाई कुन चलचित्रलाई बढी शो दिने भन्ने बिषय टाउको दुखाइको रुपमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment