Comments Add Comment

चर्चित धनाढ्यलाई किन लाग्यो बाटोमै दिसा गर्ने लत ?


पेट सफा गर्नु अर्थात् दिसा गर्नु मानिसको निजी काम हो, जुन बन्द शौचालय भित्र गरिन्छ । शौचालयमा दिसापिसाब गर्ने कामलाई स्वच्छ वातावरणका दृष्टिले पनि प्रोत्साहन गरिन्छ । मानिसहरुलाई खुल्ला ठाउँमा दिसापिसाब गर्नबाट निरुत्साहित गर्नका लागि अनेक उपाय लगाइएको पनि हुन्छ ।

कहिलेकाहीँ बाध्यताले पनि मानिसले खुल्ला ठाउँमा दिसापिसाब गरेको हुनसक्छ । तर एकजना यस्ता सिरियल दिसावाल पक्राउ परेका छन् जसले खुल्ला ठाउँमा एकै दिनमा पटक-पटक दिसा गरे ।

यो नेपालको घटना होइन, अष्ट्रेलियाको हो । एउटै बाटोमा ३० पटक दिसापिसाब गरेको आरोपमा अष्ट्रेलियाका एक व्यवसायी पक्राउ परेका छन् ।

ब्रिसबेनका चर्चित व्यवसायी ६४ वर्षका एन्ड्रु डग्लस म्याकिन्टोस अन्ततः सार्वजनिक स्थानमा पटक-पटक दिसा गर्ने गरेको खुलासा भएसँगै पक्राउ परे ।

खुल्ला ठाउँमा दिनहुँ मान्छेको दिसा भेटिन थालेपछि स्थानीय मानिसहरु मिलेर खोजी गरे । अन्ततः म्याकिन्टोसले बाटोमै दिसा गरिरहेको अवस्थामा रंगेहात फेला पार्न सफल भए । बाटोमा दिसा गरिरहेको बेलाको उनको तस्वीर क्यामरामा कैद भयो ।

यी चर्चित धनाढ्यले घरमा ट्वाइलेट नभएर बाटोमा गएर दिनदिनै दिसा गरेका त होइनन् अवश्य । आखिर उनी किन यसो गर्दछन् ? यस बारेमा मानिसहरुले निकै चासो व्यक्त गरेका छन् ।

वैज्ञानिकहरुका अनुसार कुनैपनि मानिसमा सार्वजनिक स्थानमा दिसापिसाब गर्ने बानी नै हुन्छ । खुल्ला स्थानमा दिसा पिसाब नगरेसम्म उनीहरुलाई धित नै मर्दैन । यसको एउटा मुख्य कारण चाहिँ पेटको वंशाणुगत समस्या रहेको बताइएको छ । कतिपय मानिसहरु दौडिँदा उनीहरुको आन्द्राको चिप्लो पदार्थ सक्रिय हुने र दिसा अठ्याउनै गाह्रो हुन्छ । जसले गर्दा केही मानिसहरु जगिङ गरिरहेको बेला यसो रोकिएर दिसा गरिहाल्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment