Comments Add Comment

दियाको ‘आई लभ यू’ पहिले प्रशान्तलाई, अनी अर्पणलाई


मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कस्मिक लभ’को घोषणा गरिएको छ । आज काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वी.एस बलामी र एस अधिकारीले निर्देशन गर्न लागेको चलचित्रको घोषणा गरिएको हो ।

सुरज प्रधानको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रका कार्यकारी निर्माता डीएन दाहाल हुन् भने जे गौतम यसका निर्माता हुन् । चलचित्रमा अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्के, रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन र सागर खनाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रबाट रिजेन थापाले डेब्यू गर्दैछन् । चलचित्रलाई रोमान्टिक, कमेडी र सस्पेन्स कथामा बन्न लागेको बताइएको छ । चलचित्रमा सुरेश बज्रचार्यको छायांकन, बाबुल गिरीको संगीत, बाबु साहेबको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रका निर्माता जे गौतमले १० वटा चलचित्र निर्माण गर्ने घोषणा समेत गरेका छन् । सबै चलचित्रमा कलाकार प्रशान्त ताम्राकार हुने अनौपचारिक जानकारी समेत उनले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment