Comments Add Comment

श्रृष्टीलाई भेडेटार घुमाउने विनयको चाहना

प्रचारमा नयाँ प्रयोग गरिरहेको चलचित्र ‘रोमियो एन्ड मुना’को टिमले प्रदर्शन मिति सार्वजनिक भएसँगै प्रचारको गतीलाई अगाडि बढाएको छ । चलचित्रको ३ वटा गीत रिलिज भैसकेको छ । अब, यसको निर्माणपक्षले ‘भेडेटार घुमौला’ बोलको तेश्रो गीत पनि रिलिज गरेको छ ।

कोशिश क्षेत्रीको संगीत रहेको गीतमा विनय श्रेष्ठ र मिना निरौलाको स्वर छ भने दिनेश राउतले शब्द कोरेका हुन् । यो भिडियोमा चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

फिल्ममा समावेश एउटा गीत अझै सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपालीले जानकारी दिएका छन् । नरेश कुमार केसीको निर्देशनमा तयार भएकोचलचित्रमा सुष्मा कार्की, कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ । साउन ११ गतेदेखि यो चलचित्र रिलिज हुनेछ । चलचित्रमा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment