Comments Add Comment

पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ


२ असार, काठमाडौं । विश्वकपमा पोर्चुगललाई समर्थन गर्ने युवाको समूहले शनिबार बिहान पशुपति मन्दिर परिसरमा सफाइ कार्यक्रम गरेका छन् । झण्डै १ सयको संख्यामा रहेका पोर्चुगल समर्थक युवाको समूहले पशुपति मन्दिर परिसरमा सरसफाइ गरेको हो ।

युवराज भुसाल, राजन भुसाल लगायतको नेतृत्वमा सरसफाइ कार्यक्रम भएको हो ।

‘फुटबलको समर्थनलाई समाजिक उत्तरदायित्वसँगै जोड्दै सिर्जनात्मक कामसँग जोडने गरी मन्दिर सरसफाइ गरेका हौं,’ सरसफाइमा सहभागी एक समर्थकले भने,’सामाजिक सञ्जालमार्फत एकीकृत भएर कार्यक्रम गरिएको हो ।’

पोर्चुगलका समर्थक्हरुले आगामी दिनमा यस्तै समाजिक तथा सिर्जनात्मक कार्यक्रममार्फत नै समर्थनको नयाँ शैली खोजिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment