Comments Add Comment

हृयारी केन

हृयारी केन फुटबलका उदाउँदा स्टार हुन् । विश्वकपमा इंग्ल्याण्ड टिमका कप्तानी सम्हाल्न लागेका उनले इंग्लिस पि्रमियर लिगमार्फत नै आफ्नो खुबी देखाएका हुन् ।

उनलाई सन् १९९६ को फिफा वर्ष खेलाडीको सूचिमा तेस्रो स्थानमा आएका एलन शिएररसँग पनि तुलना गरिन्छ ।

२४ वर्षका केन कडा मेहनत गर्छन, अनुशासित व्यवहार देखाउँछन् । समयको महत्ज र कुरा बुझ्ने उनको क्षमता राम्रो छ ।

उनकै बलमा टोटनहृयामले पि्रमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको मुखैमा आएर ठूलो विश्वाससहित कप्तानको जिम्मा केनलाई थमाएबाट उनी उनको महत्व प्रष्ट हुन्छ ।

उनले सन् २०१७/१८ मा टोटनहृयामबाट ४४ खेल खेल्दै ३७ गोल गरेका थिए । उनी सन् २०१५ बाट इंग्ल्याण्ड टिममा छन् । जसमा २४ खेलमा १३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment