Comments Add Comment

मेसट ओजिल

पछिल्ला वर्ष उनको खेल लय बिगि्रएको भन्दै आलोचना भए पनि उनी विश्वकपमा जर्मनी टिमका महत्वपूर्ण खेलाडी हुन् । सन् २००९ देखि जर्मनी टिममा रहेका अट्याकिङ मिडफिल्डर ओजिलले ९० खेलमा २३ गोल गरेका छन् ।

अहिले इंग्लिस क्लब आर्सनलमा रहेका उनी अनुभवी र सुझबुझपूर्ण खेलाडी हुन् । उत्कृष्ट पासमा राम्रो अवसर बनाउनु उनको खेल विशेषता हो ।

क्लब र राष्ट्रिय टिममा उनको प्रदर्शनको प्रशंसा र आलोचना दुवै भइरहेको पाइन्छ । यसमा उनको क्षमतामा भने प्रश्न उठेको छैन ।

आर्सनलबाट सन् २०१७/१८ मा उनले खेलेका ३५ खेलमा पाँच गोल गरे । साथै १४ गोलका लागि अवसर सिर्जना गरे ।

यसपटक पनि ओजिल जर्मनीलाई विश्वकपको उपाधि दिलाउनका लागि गोलमा सहयोग गर्ने राम्रो खेलाडी बन्ने प्रशस्त आधार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment