Comments Add Comment

चन्द्रमाको माटोमा कसको हक ?


एउटा सानो काँचको सिसामा थोरै धुलो माटो राखिएको छ । सामान्य ठाउँको माटो भएको भए त यसको कुनै मूल्य नै हुादैनथ्यो होला । तर यो सिसाको माटो भने यसको मालिकका लागि अनमोल खजाना भन्दा कम छैन ।

लारा मरे नामकी महिलाका अनुसार यो सामान्य धुलो होइन, चन्द्रमाबाट ल्याइएको माटो हो । चन्द्रमामा पहिलोपटक पाइला टेक्ने अन्तरीक्षयात्री निल आर्मस्ट्रङ्गले आफुलाई त्यो माटो दिएको ादबी लाराको छ ।

लारा ११ वर्षकी छँदा आर्मस्टङङ्गले उनलाई त्यो चन्द्रमाको माटो उपहार दिएका थिए । तर उनले बाल्यकालमा दिएको त्यो माटोको महत्व बुझ्न सकिनन् र त्यसै कतै राखेर भुलिन् ।

आर्मस्ट्रंगले उनलाई उक्त माटो दिँदै एक नोट पनि लेखेर दिएका थिए । जसमा लेखिएको थियो, ‘यो लारा एन्न मरेका लागि हो । बेस्ट अफ लक, निल आर्मस्ट्रंग, अपोलो ११ ।

लाराका पिता टम मरे एयरफोर्सका पाइलट थिए र उनी निल आर्मस्ट्रंगका मिल्ने साथी पनि थिए

पाँच वर्षअघि आफ्ना मातापिताको निधन भएसँगै जब लारा आफ्ना बुवाआमाका घरका सरसामानहरु सरसफाइ गर्दै थिइन् तब उनी चन्द्रमाको माटो राखेको उक्त बोतल फेला पािरन् ।

नासासँग मुद्दा

लारा अहिले अमेरिकाको टेनिसीमा बस्छिन् । त्यो विशेष माटोलाई उनी आफुसँगै राख्न चाहन्छिन् । सोही कारण उनले एक वकिल पनि नियुक्त गरेकी छिन् । उनले अदालतमा एउटा मुद्दा पनि हालेकी छिन्, आफुबाट त्यो चन्द्रमाको माटो नासाले लैजान नपाओस् भनेर ।

यद्यपि अहिलेसम्म नासाले चन्द्रमाको त्यो माटो लैजाने कुनै कोसिस गरेको छैन । तर लाराका वकिलका अनुसार चन्द्रमासँग जोडिएका हरेक चिजहरु आफुसँग राख्ने इतिहास नासाको रहेको छ ।

लाराका वकिल म्याकह्युजका अनुसार लारा नै त्यस माटोको वास्तविक मालिक हुन् । यसको सबूतका रुपमा उनी निल आर्मस्ट्रंग स्वयंले लेखेको चिर्कटो पेश गर्दछन् । उक्त अटोग्राफ विशेषज्ञबाट प्रमाणि गराएको दाबी उनको छ ।

के छ नासाको नियम ?

उता नासाको कानून अनुसार चन्द्रमाबाट संकलन गरिएका हरेक नमूनाहरु अमेरिकी सरकारको अधिकार क्षेत्रमा रहने उल्ल्खे छ।

नासाको नीति अनुसार चन्द्रमासँग जोडिएका सामानहरुको प्रयोग केवल सरकारको आधिकारिक उद्देश्यका लागि मात्र गर्न सकिन्छ ।

तर प्रश्न यो पनि छ कि के त्यो माटो साँच्चिकै चन्द्रमाबाट ल्याइएको हो ? अदालतमा पेश गरिएको कागातमा उक्त माटो विशेषज्ञबाट परीक्षण गराई चन्द्रमाकै भएको प्रमाणित गरिएको उल्लेख छ । यद्यपि चन्द्रमाको माटोमा पृथ्वीको माटो पनि मिलाइएको हुनसक्ने आशंका पनि गरिएको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने यो माटोकी मालिक मरेले कानून बमोजिम यो माटो आफुसँग राख्न पाउलिन् कि नपाउलिन् ।

वास्तवमा उनले अदालतमा मुद्दा दायर गरी आफैले आफुसँग चन्द्रमाको माटो भएको कुराको जानकारी नासालाई गराएकी छिन् । जबकी उक्त माटोको बारेमा अहिलेसम्म कसैलाई प्नि थाहा थिएन । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment