Comments Add Comment

४ कारणः जसले घट्दैछ मान्छेको आयु

तपाईंले सुन्नुभएको होला, हाम्रा पूर्खाहरु दीर्घजीवि थिए । उनीहरुले अहिले जस्तो मिठो, मसिनो खान पाउँदैनथे । ऐश-आरम गर्न पाउँदैनथे । उपचारका आधुनिक विधीहरु प्रचलनमा थिएनन् । अस्पताल र औषधीहरु उपलब्ध थिएनन् । यद्यपी उनीहरु लामो आयु बाँच्थे । बाँचुञ्जेल निरोगी हुन्थे ।

पौराणिक ग्रन्थहरुमा उल्लेख भए अनुसार ऋषि मुनीहरु लामो आयु बाँच्थे । उनीहरु जीवनभर तन्दुरुस्त, बलिया एवं निरोगी हुन्थे ।

विषाक्त हावा

त्यसबेलाको हावापानी र अहिलेको हावापानी फरक छ । स्वस्थ जीवनका लागि शुद्ध वायुको महत्व हुन्छ, जो हामी पल-पलमा फेरिरहेका हुन्छौं ।

त्यसबेला अहिले जस्तो कल-कारखाना थिएनन् । सवारी साधनहरु थिएनन् । मावन-चाप थिएन । बनजंगल मासिएको थिएनन् । पर्याप्त र शुद्ध अक्सिजन लिन पाउँथे ।

अहिले वायुमण्डल नै विषाक्त हुँदै गइरहेको छ । विभिन्न किसिमको प्रदूषणले हावालाई विषाक्त बनाउँदैछ । यसले हाम्रो शरीरमा पुग्दो अक्सिजन पुगेको छैन । जति पुगेको छ, त्यो पनि शुद्ध छैन ।

विषाक्त खाना

त्यसबेला जैविक खानपान मात्र उपलब्ध थिए । प्रशोधित खानेकुराहरु प्रचलनमा थिएनन् । अझ आफुले जे उत्पादन गरिन्छ, त्यही खानेकुरा सेवन गरिन्थ्यो । कन्दमुल, फलफूल जस्ता प्राकृतिक खानेकुरा खाइन्थ्यो ।

अहिले हामी प्रशोधित खानेकुरा सेवन गर्छौं । खानेकुरामा पनि थरीथरीका अखाद्य तत्व मिसाइएको हुन्छ । मिठो खाने चक्करमा शरीरको ख्याल गर्दैनौं ।

हामी आफै खेतीबाली गर्दैनौं । खेतीबालीमा विभिन्न किटनासक औषधी प्रयोग गरिन्छ । अन्नपात छिटो फलाउन, धेरै फलाउन, पकाउन, भण्डारण गर्न, आकर्षक देखाउन विषाक्त तत्वको प्रयोग गरिन्छ, जो हाम्रो शरीरमा प्रवेश गर्छ । यस्ता खानपानले हाम्रो शरीरको भित्री अंगलाई क्षति पुर्‍याइरहेको छ । दीर्घरोगी बनाएको छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाएको छ ।

कृतिम जीवनशैली

त्यसबेला पूर्खाहरु खेती किसानी गर्थे । प्रकृतिसँग एकाकार भएर बाँच्थे । प्रकृतिसँग लय मिलाउने अभ्यास गर्थे । मौसम अनुकुल खानेकुरा खाने, त्यही अनुरुपको जीवनशैली बाँच्ने गर्थे ।

अहिले हामी प्रकृतिसँग नजिकिने होइन, बरु प्रकृति विरुद्ध जीवनशैली अपनाउने प्रयास गर्छौं । बेमौसमी खानेकुरा फलाउँछौं, खान्छौं । प्रकृतिबाट उत्पादन भएका खानेकुरालाई पनि थप प्रशोधन गरेर सेवन गर्छौ । फलफुल, सागपात, अन्नहरु मौसम अनुकुल होइन, प्रतिकुल ढंगले खाने गर्छौं ।

गर्मी छल्न एसी, कुलरको प्रयोग गर्छौं । खानेकुरा चिस्याउन पि|mजको प्रयोग गर्छौं । खानेकुरामा विभिन्न किसिमको अखाद्य तत्व मिसाउँछौं, रंग मिसाउँछौं । यस किसिमको जीवनशैली पनि हामीलाई रोगी बनाउँदैछ ।

सुविधाभोगी जीवन

त्यसबेलाका मानिसहरु संघर्ष गर्थे । शारीरिक काम गर्थे । हिँडडुल गर्थे । आफ्नो आवश्यक्ता आफै पुरा गर्थे । हरेक कुराको समाधान श्रमबाट खोज्थे । प्राकृतिक ढंगले बाँच्ने अभ्यास गर्थे । सुख-सयाल, ऐश-आरमको लतमा फसेका थिएनन् ।

अहिले हामी ऐश-आरममा यति लिप्त भएका छौं कि, शरीरमा संचित उर्जा समेत खपत हुन पाएको छैन । त्यही कारण हामी बिहान ट्रेड मिलमा दौडन्छौं, जिम धाउँछौं । ताकि, शरीरको अतिरिक्त क्यालोरी खर्च होस् ।

सुखको खोजीमा हामी धेरै सुविधाभोगी भएका छौं । यसले शरीरमा अनावश्यक विकार पैदा हुन्छ । त्यही विकारले हामीलाई रोगी र जीर्ण बनाइरहेको छ ।

महाभारतको कुराः आयु घटाउने ६ कारण

महाभारतमा सबै मनुष्यको उमेर १ सय बर्ष बताइएको छ । यद्यपी धेरैजसोको मृत्यु कम उमेरमै हुन्छ । आखिर किन ?

यसको कारण महात्मा विदुरले धृतराष्ट्रलाई बताएका थिए । बिदुरले भनेका यी श्लोकबाट उक्त कुरा थप प्रष्ट हुन्छ ।

अतिमानोअतिवादश्र तथात्यागो नराधिप ।

क्रोधश्रात्मविधित्सा च मित्रद्रोहश्र तानि षट् ।।

एत एवासयस्तक्ष्णाः कृन्तन्यायूंषि देहिनाम् ।

एतनि मानवान् ध्न्न्ति न मृत्युर्भद्रमस्तु ते ।

यसको अर्थ के होला त ?

अत्याधिक अभिमान

हरेक समय आफ्नो प्रशंसा गर्ने, स्वयम्लाई सबैभन्दा समझदार ठान्ने मानिस अभिमानी हुन्छन् । स्वयम्लाई सर्वश्रेष्ठ र अर्कालाई निम्न कोटीका सम्झने मानिसको अभिमानले उसको उमेर घटाइरहेको छ ।

धेरै बोल्ने

धेरै र व्यर्थ बोल्नेहरु कहिले काहीँ यस्तो फन्दामा पर्छन् कि, जसले उनीहरुलाई दीर्घकालिन असर गर्छ ।

क्रोध

क्रोधलाई मानिसको सबैभन्दा ठूलो सत्रु मानिएको छ । क्रोधले कहिले पनि सकारात्मक नतिजा दिदैन । यसले मानिसलाई डुबाइदिन्छ ।

त्यागको कमी

समाजमा सुख-शान्तिका साथ रहनका लागि मानिसमा त्याग र समर्पणको भावना हुनुपर्छ । त्याग र आफ्नोपनको कमीले पनि मानिसको आयु घटाइदिन्छ ।

धोकेवाज

शास्त्र अनुसार मित्रलाई धोका दिनु महापाप हो । यस कारण पनि मानिसको उमेर कम हुनपुग्छ ।

लोभ

लोभलाई मानिसको दुश्मन भनिएको छ । लोभको कारण मानिसले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनन् । यसले पनि मानिसको आयु घटाइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment