Comments Add Comment

‘प्रेमगीत २’की अश्लेषा अब सारुककी हिरोइन


निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र ‘मेरी मामु’का लागि मुख्य नायक-नायिका फाइनल गरिएको छ । निर्माता सेनका अनुसार चलचित्रका लागि ‘रानी’ डेब्यू नायक सारुक ताम्राकार र ‘प्रेमगीत २’ डेब्यू नायिका अश्लेषा ठकुरीलाई फाइनल गरिएको छ ।

चलचित्रमा अश्लेषाको भूमिका कस्तो रहने भन्ने बिषयमा नखुलाइएपनि उनको रोल यादगर हुने दाबी निर्माताको छ । चलचित्रमा सन्तोषका छोरा आयुब सेन र नव-नायिका कुसुम गुरुङ यसअगाडि नै फाइनल भैसकेका छन् । चलचित्रको छायांकन केही दिनमै सुरु हुनेछ । चलचित्रमा नायिका भूवन चन्द, नव-कलाकार दुर्गा मल्लको साथमा बालकलाकारहरु कृजन गौतम र शुभम बिष्टलाई पनि फाइनल गरिएको छ ।

चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गर्दैछन् । यसपटक चलचित्र निर्माणमा कुनै कञ्जुस्याँई नगर्ने निर्माता सेनको भनाई छ । चलचित्रलाई भदौ १५ गतेबाट विश्वव्यापी रिलिज गर्ने योजना निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment