Comments Add Comment

भैरहवाको होटल नान्सको क्यासिनोमा छापा


३ असार, बुटवल । अवैध ढंगले सञ्चालन भएको आशंकामा प्रहरीले भैरहवाको नान्स होटलमा सञ्चालित मिनी क्यासिनोमा छापा मारेको छ । संघीय प्रहरी इकाई कार्यालय भैरहवाबाट खटिएको टोलीले क्यासिनोमा छापा मारेको हो ।

छापा मार्दा चार/पाँचजना नेपाली ग्राहक पनि भेटिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । कानुनले क्यासिनोमा नेपाली ग्राहकलाई प्रवेशमा प्रतिबन्ध गरेको छ ।

क्यासिनो सञ्चालकले त्यहाँ भेटिएका नेपालीहरु क्यासिनोका कर्मचारी भएको दावी गरे पनि परिचयपत्र नभएकाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको संघीइ प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

होटल नान्सले सञ्चालन गरेको क्यासिनो अवैध भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएको आधारमा सत्य तथ्य बुझ्न छापा मारिएको ढकालले बताए । उनले क्यासिनो सञ्चालन सम्बन्धी आधिकारिक कागजपत्र मागिएको बताए । ्

२०६८ वैशाख १६ गते भैरहवास्थित होटल नान्समा मिनी क्यासिनो सञ्चालन गर्ने गरी रुपा इन्टरनेशनलले १० वर्षे सम्झौता गरेको थियो ।

रुपाका सञ्चालक मनोज सुवेदी र हयाप्पी आवरका सञ्चालक सुरेन्द्रबहादुर सिंहबीच केही समयपछि विवाद हुँदा उक्त विवाद अदालतमा पुगेको थियो ।

दुबै पक्षले अदालतमार्फत अन्तरिम आदेश लिई अहिलेसम्म दुबै स्थानमा क्यासिनो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

अदालतले मात्रै होइन, पर्यटन विभागले समेत दुबैलाई अलग अलग पत्र दिएको छ । जसले गर्दा एउटा लाइसेन्सबाट दुई ठाउँमा क्यासिनो व्यवसाय सञ्चालन भइरहेका छन् ।

पछिल्लो समय होटल लाकौलमा सञ्चालित क्यासिनो सञ्चालन गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । त्यसअघि ०७४ वैशाख २४ गते पनि सर्वोच्च अदालतले नान्समा सञ्चालित क्यासिनो सञ्चालन गर्न नरोक्नु भन्ने अन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment