Comments Add Comment

सिड्नीको टाउन हलमा नेपाली सप्तपरीका कथा

सिड्नी / सिड्नीमा हरेक सबअर्ब र बस्तीमा टाउन हल छन् । तर, अरु हजारौले जस्तै प्रत्यक दिन नेपालीहरुले पनि मिलन र बिश्राम स्थल बनाउँदै आएको टाउन हल भने सिड्नीको मुख्य सहर भित्र छ ।

उन्नाइसाैं शताब्दिको अन्त तिर बनेको यो टाउन हल सिड्नी शहरलार्इ छेडेर जाने रेल मार्ग माथि उभिएको छ । सिटी सर्कल नामले परिचित यो रेल मार्गले सिड्नीका चारै दिशालाइ जोड्छ ।

इन्जिनियर जोन ब्राडफिल्डको परिकल्पना र रेखांकनमा बनेको सिडी सर्कल रेल मार्ग माथिको टाउन हल भने १८८९ मा बनेको थियो र एक सय वर्षपछि यसको पुनर्निर्माण गरिएको थियो ।

इन्जिनियर जोन एच विल्सनले डिजाइन गरेको यही आधुनिक हलमा आगामी जुलाईको अन्तिम साता भब्य नेपाली कार्यक्रम हुदैछ । नेपाली मजदुर , विद्यार्थी , ब्यबसायीहरुको शहर भित्रको मिलन थलो टाउन हलमा हुन लागेको ‘सप्तपरी’ कार्यक्रममा दुर्इ हजार भन्दा बढी मानिस सहभागी हुन सक्ने छन् ।

यसअघि नेपालका चर्चित मह जोडी र नेपथ्य ग्रुपले मात्र कार्यक्रम गरेको टाउन हलमा आगामी जुलाई २८ मा हुने कार्यक्रम यस अघिका नेपाली कार्यक्रम भन्दा फरक हुने छ ।

आयोजक मध्यकी एक गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिकी सदस्य उषा पोखरेल बारियाले भनिन – यो कार्यक्रम बिशेष हुनेछ , नेपाली कला , श्रृङगार र उत्पादन चिनाउने मध्यम हुनेछ । ज्ञान र आत्मबल ससक्तिकरणका लागि कोशे ढुंगा हुनेछ ।

सन २०११ देखि नेपाली समाजमा कला-संगीतको सेवामा समर्पित नेपिंडो फुजन समूहले आयोजना गर्न लागेको नेपाली कला तथा शृङगार सम्बन्धी उक्त कार्यक्रममा महिलाले समाज परिबर्तनमा पुराएको योगदान र सशक्तिकरणका मुद्दालाई ससक्तरुपमा उठाउने उदेश्य रहेको नेपिंडो प्युजनकि सस्थापक उषाकिरण बारियाले जानकारी दिइन् ।

कार्यक्रममा नेपालको ख्याती प्राप्त फेसन डीजाइन ‘मुकु’ले परम्परागत र पश्चिमा दुबै पोशाकलाई नेपाली ढाकाप्रयोग गरि आकर्षकरुपमा तयार परेको पार्ने छ ।

सिड्नीको एतिहासिक, आधुनिक तथा पुरातात्विक महत्वोको स्थानमा आयोजना हुने उक्त कार्यक्रममा नेपालबाट शक्तिकरणका बिभिन्न विधामा योगदान पुराएका सात जना उत्प्रेरक ब्यक्तित्वोहरु उपस्थित हुने बताईएको छ . श्रीस्टी केसी, निकिता चांडक, बर्षा राउत, स्वतिमा खड्का, बेनिसा हमाल, एलिसा राई, रजनी रिमाल, रक्षासिंह राणा र मोक्ता श्रेष्ठ नेपालबाट सहभागि हुनेछन ।

उनीहरुमध्ये चान्दक मिस नेपाल , के सी उत्प्रेरक बक्ता हुन् भने राउत , खड्का, राइ र हमाल नायिका हुन् . रिमाल गायिका , राणा र श्रेष्ठ फेसन डिजाइनर हुन् ।

सो कार्यक्रमकोलागि हालै पोस्टर तथा टिकटको डिजाइन सार्बजनिक गरियो । उक्त कार्यक्रमबाट संकलन हुने रकम मध्ये केहि नेपालमा भूकम्प पिडित बालबालिकाको लागि सेवारत सस्था ‘जीवन उत्थान’लाई हस्तान्तरण गरिने भएको छ ।

कार्यक्रममा सिड्नीका ब्यबसायीहरुले पनि व्यवशायिक सहभागिता दर्शाएका छन् । एक्सपोर्ट एजुकेसन तथा भिसा सर्भिस उक्त कार्यक्रमको शिर्ष प्रायोजक भएको छ ।

अरु दुर्इ दर्जन ब्यबसायले पनि सहभागिता जनाउदै छन् । झन्डै एक दर्जन नेपाली संचार मध्यम पनि उक्त कार्यक्रमको प्रचारमा लागेका छन् . नेपाल र प्रवासका महिलाबीच पारिवारिक हिँसा सहित बिभिन्न निराशाका खबरमात्रै सुनिरहेको पछिल्लो पुस्तालाइ नेपालबाट सफलताका कथा भएका पात्रहरु बोलाएर समाजमा सफलताको संदेश प्रबाह गर्ने आयोजकहरुको उद्यश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment