Comments Add Comment

एनआरएन कपको उपाधि नेपाल स्पोर्ट्स क्लब राकलाई

युएई / नेपाली स्पोर्ट्स क्लब राक अल खेमाले यूएईको नेपाली समुदायमा हालसम्मकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता एनआरएन कप-२०१८ को उपाधि चुमेको छ ।

दुबईको पेनाल्टी फुटबल मैदान सलाउदीन स्ट्रिट अबुहिलमा आयोजना भएको प्रतियोगितामा प्रथम पुरस्कार यूएईको नेपाली फुटबलको इतिहासमै अहिलेसम्मकै सर्वाधिक राशी ६ हजार ६ सय ६६ दिराम (करिब २ लाख रुपैयाँ) का साथमा कप, मेडल र प्रमाणपत्र विजयी समूह नेपाल स्पोर्ट्स क्लब राक अल खेमाले प्राप्त गरेको हो ।

प्रतियोगिताको उपविजेता गोरखा समाजको हिमालय क्लबले दोश्रो पुरस्कार स्वरुप ३ हजार ३ सय ३सय ३३ दिराम (करिब १ लाख रुपैयाँ) कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आयोजक एनआरएनए यूएईले जून विभिन्न प्रतिस्पर्धिहरुलाई पछि पार्दै फाइनलमा पुगेका नेपाल स्पोर्ट्स क्लब राक र गोरखा समाज यूएई हिमालय फुटबल क्लबबीच भएको रोचक प्रतिस्पर्धामा शून्यकाबिरुद्ध ३ गोल गरेर नेपाल स्पोर्ट्स क्लब राकले उपाधि चुमेको हो ।

प्रतियोगितामा आयोजक एनआरएन यूएई, नवलपरासी राइनो फुटबल क्लब, सुनुवार सेवा समाज, कास्टमन्डप फुटबल क्लब , मेचीमहाकाली फुटबल क्लब, रुपन्देही ११, राइजिङ स्टार फुटबल क्लब, नेपाली समुदाय यूएई, गोर्खा समाजको हिमालयन फुटबल क्लब, ओल्ड मन्क फुटबल क्लब, नेपाली जनसम्पर्क समिति फुटबल क्लब, माउन्ट एभरेस्ट फुटबल क्लब, नेपाली स्पोर्ट्स क्लब राक, हिपेट फुटबल क्लब, युनाइटेड स्टार फुटबल क्लब, एनआरएन अबुधाबीको फुटबल समुह सहित १६ टिमले भाग लिएका थिए ।

‘नेपालीका लागि नेपाली’ भन्ने एनआरएनको नारा अनुरुप यूएईका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले इदको पहिलो रात जुन १५ देखि १६ शनिबार बिहान ११ बजेसम्म उक्त प्रतियोगिता आयोजना भएको थियो ।

एनआरएन यूएईको उद्दार कोषको सहयोगार्थ आयोजना हुन लागेको यो प्रतियोगितामा २१ समूहले खेलका लागि नाम दर्ता गराए पनि १६ समूहले मात्र प्रतियोगितामा सहभागी भएको आयोजक समुहका मदन अधिकारीले जानकारी दिए ।

नेपालमा विभिन्न चर्चित फुटबल क्लब खेल्ने खेलाडीहरु जो अहिले श्रमको सिलसिला युएईमा कार्यरत छन्, उनी हरुको पनि सहभागिता जनाएका थिए ।

साथमा उत्कृस्ट खेलाडीको उपाधी टेकबहादुर राई, उत्कृस्ट गोलकिपर बिमल तामाङ, हाइ स्कोरर संगम बमजनले उपाधी चुम्दै कप र प्रमाणपत्र र प्रत्यक खेलको उत्कृस्ट खेलाडीले प्रमाणपत्र पाएका छन् ।

नेपाली दूतावास अबुधाबीका श्रम काउन्सिलर भेसबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा युएईमा रहेका विभिन्न व्यबसायिक संस्थाहरुले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment