Comments Add Comment

‘फादर्स डे’मा अव्राहमको शुभकामनाले भावूक साहरुख


बलिउडका सुपरस्टार नायक साहरुख खान आफ्नो परिवारलाई निकै माया गर्छन् । ३ सन्तानका पिता साहरुखले उनका बच्चाहरुको साना-साना कुरामा निकै महत्व राख्ने गरेका छन् । साहरुखको यही प्रेमले नै उनलाई सफल पिताको रुपमा उभ्याएको छ ।

छोरा आर्यन खान, छोरी सुहाना खानलाई प्रेम दर्शाउनेदेखि कान्छा छोरा अब्राहम खानसँग समय बिताउने कुरामा साहरुख कहिल्यै पछि पर्दैनन् । यसैले, साहरुखका छोरा-छोरीले पनि उनको प्रेमलाई राम्रोसँग वुझेका छन् ।

साहरुखका कान्छा छोरा अब्राहक खानले लेखेको एउटा पत्रले सुपरस्टारलाई भावूक बनाएको छ । चलचित्र ‘जिरो’को छायांकनका लागि अमेरिकामा रहेका साहरुखलाई अब्राहमले ‘फादर्स डे’को अवसरमा उनकै स्टाइलमा विस गरेका छन् । यो कुराको जानकारी ट्विटरमार्फत साहरुखले दिएका छन् ।

‘फादर्स डे’को अवसरमा अब्राहमले एक कार्डमा सन्देश लेख्दै साहरुखलाई विश्वकै सबैभन्दा उत्कृष्ट पिता भनेका छन् । अब्राहमको यो सन्देशले भावूक बनेका साहरुखले ट्विटरमा लेखेका छन्-‘यो बाहेक अब्राहमसँग अरु कुनै विकल्प थिएन । म मान्छु कि यो पूर्वाग्रहको संकेत हो । यसले एउटा पिताको जीवनलाई पुरा बनाउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment