Comments Add Comment

मेरै कार्यकालमा दूतावासको आफ्नै भवनः राजदूत शेर्पा

अष्ट्रेलिया/ नेपाली दूतावास अष्ट्रेलियाले आगामी एक वर्षका योजना सार्वजनिक गरेको छ । राजदूत लक्की शेर्पाले अष्ट्रेलियाको राजधानी क्यानवेरामा शनिबार पत्रकार सम्मेलन गरी आफ्नो एक वर्षे कार्यकालको समीक्षासहित आगामी वर्षका योजनाबारे बृष्तृत जानकारी दिएकी हुन् ।

पत्रकार सम्मेलनमा राजदूत शेर्पाले एक वर्षमा कुटनीति जिम्मेवारी पूरा गर्नुका साथै अष्ट्रेलियाको नेपाली समुदायका गतिविधिमा दूतावासको सहभागिता भएको जानकारी दिइन् ।

आगामी वर्ष दुई देशवीच उच्चस्तरीय कुटनैतिक भेटघाट गर्ने, आफ्नै दूतावास भवन निर्माण गर्ने, ब्यापार सम्मेलन गर्ने, सीप तथा ज्ञान रुपान्तरण सम्बन्धी कार्यशाला संचालन गर्ने योजना रहेको राजदूत शेर्पाले जानकारी दिइन् ।

आगामी वर्ष कृषि, वातावरण तथा प्रविधि सम्बन्धी सम्मेलनहरुसमेत गर्ने दूतावासले जनाएको छ । अष्ट्रेलियामा राहेका ३० हजार विद्यार्थीसहित एक लाख नेपालीका समस्या समाधान गर्न दूतावाससकि्रय रहने समेत राजदूत शेर्पाले बताइन् ।

अष्ट्रेलियाका सबै राज्यमा कि्रयाशील पत्रकारहरुको उपस्थिति रहेको यो दूतावासको पहिलो पत्रकार सम्मेलन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment