Comments Add Comment

पेरुकी मोडलले प्रत्येक गोलमा लुगा फुकाल्ने

विश्वकप हेर्न रुस पुगेका फ्यानहरुको भिडमा एक सुन्दरीले धेरैको ध्यानाकृष्ट गरेकी छन् । उनी हुन्, पेरुकी लोकप्रिय मोडल निशु कौशी जसलाई ‘पेरु टिमकी गर्लफ्रेन्ड’ भन्ने गरिन्छ ।

कौशीले आफ्नो टिमको प्रत्येक गोलमा लुगा फुकाल्ने घोषणा गरेर चर्चामा आएकी छन् । उनले अहिले मात्र यो शैली अपनाएकी होइनन् । तीन वर्षअघि कोपा अमेरिकामा पेरुले तेस्रो स्थानका लागि खेल्दा नै कौशी सुपर फ्यानका रुपमा चिनिएकी थिइन् ।

प्रत्येक गोलसँगै उनी आफ्नो ब्रा फुकाल्ने गर्थिन् ।

यद्यपि रुस विश्वकपमा उनले यस्तो सेलिब्रेसनको मौका पाएकी छैनन् । उनको टिम पहिलो खेलमा डेनमार्कसँग पराजित भयो । तर, फ्रान्स र अष्ट्रेलियासँग खेल्न बाँकी छ र आफ्नो टिमले गोल गर्नेमा उनी आशावादी छिन् ।

यसअघि पेरु विश्वकपमा छनोट हुँदा उनले नग्न भएर सेलिब्रेसन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment