Comments Add Comment

रियालिटी शोमा जज नबन्नुको कारण खुलाए अनिल कपुरले

बलिउड अभिनेता अनिल कपुरले इन्डष्ट्रीमा चालिस वर्ष बिताइसकेका छन् । उनी भेट्रान अभिनेता मानिन्छन् ।

अहिले भारतीय टेलिभिजनहरुबाट प्रशारण हुने रियालिटी शोमा पुराना अभिनेताको खुब डिमान्ड छ  । मिथुनदेखि माधुरी दिक्षितसम्म, मलाइका अरोडादेखि सोहेल खानसम्म रियालिटी शोमा जजको कुर्सीमा बसेका देखिन्छन् । तर, अनिल कपुर भने यस्ता शोबाट पर छन् ।

हालै एक अन्तरवार्तामा अनिलले आफूलाई पनि रियालिटी शोमा जज बन्न थुप्रै प्रस्तावहरु पहिलेदेखि नै आउने गरेको बताए । तर नस्वीकार्नुको कारण उल्लेख गर्दै भने, ‘मलाई यो काम अति बोरिङ लाग्छ । एउटै कुर्सीमा म धेरैबैर टिक्नै सक्दिनँ । मलाई अभिनय नै ठिक छ ।’

अनिलकपुरलाई अहिले धेरैले सोध्ने गरेको अर्को प्रश्न हो, तपाईंको आत्मकथा कहिले आउँछ ? उनीभन्दा जुनियर थुप्रै स्टारुहरुले आत्मकथा लेखेर पैसा र चर्चा दुवैथोक कमाएका छन् । उनलाई पनि आत्मकथा लेख्नका लागि थुप्रै आग्रह आउने गरको छ ।

अनिल कपुर भन्छन्, ‘मानिसहरु भन्छन् कि छिटो आत्मकथा लेख, नत्र भोली तँलाई कसैले गन्दैन ।’

आफूकहाँ आत्मकथा लेखिदिने भनेर थुप्रै लेखक र पब्लिकेसन हाउसहरु आउने गरेको पनि उनले खुलाए । तर, अहिलेसम्म कसैलाई पनि ‘एस’ भनेका छैनन् । यद्यपि उनी भविष्यमा आफ्नो पनि आत्मकथा आउन सक्ने बताउँछन् ।

‘यसो वातावरण हेर्दा आत्मकथा नलेखी सुख पाइन्न जस्तो छ । लेख्न त लेख्छु, तर कहिले लेख्छु थाहा छैन,’ उनले भने ।

अनिल कपुर अभिनित फिल्म ‘रेस ३’ यतिबेला हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्म झुर भए पनि अनिलको अभिनयको भने प्रशंसा भएको छ । बुढेसकाल लागिसक्दा पनि उनको व्यस्तता कम भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment