Comments Add Comment

सलमानको कडा आरोपमा रणवीरले दिए नरम जवाफ

सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को ट्रेलरले यतिबेला निकै चर्चा पाइरहेको छ । ट्रेलरमा रणवीरको अभिनयलाई धेरैले सह्राहना गरेका छन् ।

तर अभिनेता सलमान खानले भने केही दिनअघि एक अन्तरवार्तामा फरक विचार व्यक्त गरेका थिए । रणवीरले सञ्जय दत्तको भूमिकामा न्याय गर्न नसक्न उनको घुमाउरो टिप्पणी थियो ।

‘सञ्जय दत्तको भूमिका जो पायो त्यहीले गर्न सक्दैन, बरु यसमा उनी आफैंले खेलेको भए राम्रो हुन्थ्यो,’ सलमानले भनेका थिए ।

सलमानको उक्त भनाईको रणवीरले जवाफ दिएका छन् । एक अन्तरवार्तामा उनलाई सलमानको भनाईमा प्रतिक्रिया मागिएको थियो । रणवीरले आक्रामकरुपमा प्रस्तुत नभई नरम जवाफ दिए ।

उनले सलमानको नाम नलिइकन भने, ‘संसारमा कुनै पनि बायोपिकमा सम्वधिक व्यक्ति आफैंले अभिनय गरेको मलाई थाहा छैन ।’

साथै उनले आफ्नो भूमिकामा न्याय गर्न सक्दो मिहिनेत गरेको पनि बताए ।

‘मैले यति धेरै मिहिनेत यसअघि कुनै चलचित्रका लागि गरेको थिइनँ, यो मेरो जीवनकै चुनौतिपूर्ण भूमिका हो,’ रणवीरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment