Comments Add Comment

बुद्ध चिनाउन अस्ट्रेलियामा रक्तदान


अस्ट्रेलिया । लुम्बिनी–कपिलवस्तु दिवस अभियानले बुद्ध चिनाउन अस्ट्रेलियामा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

२६४२ औं बुद्ध जयन्तीको अवसर पारेर  शरू रक्तदान अस्ट्रेलियाका विभिन्न शहरमा सम्पन्न भइसकेकाे छ भने केहीमा हुँदै छ ।

मेलबर्नको वैरबीमा आयोजना गरिएको कार्यक्रम अबको केही महिना अझै चल्ने आयोजकले जनाएका छन् ।

मेलबर्न, जिलोङ र बेन्डिगो शहरमा आयोजना भइसकेको रक्तदान अन्य शहरहरुमा पनि गरिने अभियानका संयोजक रामकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment