Comments Add Comment

राष्ट्रियसभा उपाध्यक्ष शशिकलाको कार्यकाल ४ वर्ष, सरिता प्रसाईंको २ वर्ष

४ असार, काठमाडौं । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्न व्यस्त छन् ।

जसअनुसार राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ ।

यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ ।

गोला प्रथाबाट २ वर्ष, चार वर्ष वा ६ वर्ष कति पदावधि हुने भन्ने तय हुनेछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment