Comments Add Comment

कांग्रेसलाई चिठ्ठाले पनि ठग्यो !


४ असार, काठमाडौं । चिठ्ठामार्फत राष्ट्रयसभा सदस्यहरुको कार्याकाल निर्धारण गरिएको छ ।

दुई, चार र ६ वर्षको कार्यकाल छुट्टाउन संघीय संसद भवनको ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यहरुलाई वर्णानुक्रम चिठ्ठा तान्न लगाइएको थियो ।

कांग्रेसका १३ सदस्यमध्ये ७ सांसदको अवधि दुई वर्षमा नै सकिने भएको छ । राष्ट्रियसभामा दलको नेता रहेका सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाई दुबैलाई २ वर्षको मात्र चिठ्ठा परेको छ ।

२ सांसदलाई चार वर्ष र बाँकी ४ सांसदलाई ६ वर्षे कार्यकालको चिठ्ठा परेको छ ।

राष्ट्रियसभामा हरेक दुई वर्षमा कार्यकाल सकिएका सांसदको पदमा चुनाव हुनेछ । तर, सबै चुनावमा हार पक्का जस्तै छ ।

किनकी एकल संक्रमणीय प्रणालीबाट चुनिएर आएका महिला र खुला सदस्यतर्फका सांसदहरुको कार्यकाल सकिएपछि पनि बहुमतीय आधारमा नै चुनाव हुनेछ ।

दलित र अपाङ्ग तथा अल्पसंख्यक सांसदको चुनाव भने बहुमतीय प्रक्रियाबाटै भएको हो । यसरी हेर्दा दुई वर्षपछि ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका ६ जना सांसद मात्र हुनेछन् भने चार वर्षपछि चार जना मात्र रहने अवस्था आउनेछ ।

७ जनालाई २ वर्षे कार्यकाल परेपछि सांसद वद्री पाण्डेले कांग्रेसलाई चिठ्ठाले पनि ठगेको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्रीको सांसद पद दुई वर्षमात्र, गृहमन्त्रीलाई पर्‍यो ६ वर्षको चिठ्ठा (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment