Comments Add Comment

देशभर एनागल केबल टिभी बन्द हुँदै, यि हुन् डिजिटल बनाउने विकल्प


४ असार, काठमाडौं । सरकारले असार महिना सकिएपछि विकेट ग्रामीण क्षेत्रबाहेकका शहरी तथा सुगम ग्रामीण क्षेत्रहरुमा एनालग केबल टेलिभिन बन्द गराउँदैछ । टेलिभिजन सेवालाई डिजिटलमा रुपान्तरण गर्न सरकारले अहिले सेवा प्रदायकलाई फटाफट अनुमति दिइरहेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फाइबर पुगेका सुगम क्षेत्रमा अब पूर्ण रुपमा केबल निषेध गरिनेछ । असार सकिएलगत्तै सरकारले उपत्यकाबाहिरका केबल टेलिभिजन बन्द गराउन टोली परिचालन गर्ने योजना बनाइएको छ ।

अब सेट-टप बक्स नजोडिएका टेलिभिजन बन्द हुने निश्चत छ । यसका लागि ग्राहकले बजारमा उपलब्ध विभिन्न प्रविधिका डिजिटल टेलिभिजन सेवाहरु लिन सक्छन् ।

ग्राहकसँग डिजिटलमा जाने विकल्प भएका स्थानमा अब एनागल टेलिभिजन चल्न नदिने मन्त्रालयका एक उच्च अधिकारीले बताए । यसअघि काठमाडौंमा दिइएको समयसीमा नाघेपछि एनगल केबल टेलिभिजनको लाइन काटिएको थियो ।

एमएसएओ र डिजिटल केबल

एमएसएओ र डिजिटल केबल यसअघिको एनागल केबलको आधुनिक प्रविधि हो । यो प्रविधिमा नै धेरैले अहिले आफ्नो टेलिभिजनको डिजिटाइजेसन गर्दैछन् ।

अहिलेसम्म मन्त्रालयले ११ वटा केबल टेलिभिजनले मल्टी सर्भिस अपरेटर (एमएसओ)को लाइसेन्स पाएका छन् । यिनीहरुले अन्य स्थानीय केबलहरुलाई पनि डिजिटल सिग्नल बेच्न सक्ने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय महाशाखा इन्जिनियर अनिल भुजेलले बताए ।

यस्तो सेवा प्रदायकका रुपमा काठमाडौं इन्टिग्रेटेड डिजिटल (नेपाल केबल), सुबिसु केलब नेट प्रालि (क्लियर टिभी), सिम्पल मिडिया नेटवर्क (सिम टिभी), स्काइ केबल टिभी प्रालि (स्काइ टिभी) र कृतिदर्शन मिडिया प्रालि (कृति केबल)ले एमएसओको लाइसेन्स पाएका छन् ।

यस्तै डजिटल अप्टिकल इन्टरनेन्मेन्ट प्रालि (डीओईएन टिभी), डिभाइन स्ट्रिम नेटवर्क प्रालि (मेरो टिभी), कनेक्ट डिजिटल प्रालि (कनेक्ट), स्मार्ट डिजिटल टिभी प्रालि (स्मार्ट डिजिटल), डिजिटल मिडिया प्रो प्रालि र हाम्रो टिभी नेट प्रालि (हाम्रो टिभी)ले पनि आफ्नो सञ्जालसँगै अन्य केबललाई पनि डिजिटल सिग्लन विक्री वितरण गर्न सक्छन् ।

अहिलेसम्म्म काठमाडौं र काठमाडौंबहारिका बरि ६० भन्दा बढी केबल टेलिभिजनहरुले आफूले एमएसओसँग मिलेर डिजिटलमा रुपान्तरण भएको जानकारी मन्त्रालयमा दिएका छन् । उपभोक्ताले एमएसओसँग फ्रेन्चाइजी गरेका केल अपरेटरसाग पनि सेवा लिन सक्छन् ।

यस्तो लाइसेन्स पाउन एक करोड रुपैयाँ खर्चिनुपर्ने र आफ्नो हेड-इन (कन्ट्रोल रुम)मा पनि डिजिटाइजेशन गर्नुपर्छ । त्यसका लागि ठूलो खर्च गर्नुपर्ने भएका कारण साना केबल टेलिभिजन सञ्चालकले यसको लागत बेहोर्न सक्दैनन् ।

ग्राहकले आफूले प्रयोग गरिरहेका केबल टेलिभिजन कम्पनीसँग सेट-टप बक्स लिएर यो सेवा प्रयोग गर्न सक्छन् । एमएसओहरुले पनि आफ्नो फाइबर पुगेका ठाउँमा आफूसँग जोडिएका केबल कम्पनीसँग मिलेर डिजिटल टेलिभिजन सेवा दिइरहेका छन् ।

डीटीएच प्रविधिमा डिसहोम

डिजिटाइजेशनमा जान ग्राहकसँग एमएसओ र डिजिटल केबलबाहेेकका विकल्पहरु पनि छन् । यसको अर्को भरपर्दो विकल्प हो, डाइरेक्ट-टू होम अर्थात डीटीएच ।

सेटेलाइटमार्फत टेलिभिजन सेवा दिन अहिलेसम्म डिसहोममात्रै आएको छ ।

यो प्रविधिलाई ग्रामीण भेगहरुमा खुबै रुचाइएको छ । डीटीएच प्रविधिमा सेवा दिन नेपाल डिजिटल केबलले पनि लाइसेन्स लिएको छ । तर, सेवा सुरु गर्न सकेको छैन ।


तीन आईपी टिभी

आफ्नो टेलिभिजनलाई डिजिटाइजेशन गर्न अर्को विकल्प हो, आईपी टिभी । यस्तो टिभी इन्टरनेटमा आधारित हुन्छ । इन्टरनेट नै प्रयोग गरेर इन्टरनेट सेवा प्रदायकले यस्तो सेवा दिइरहेका छन् ।

अहिलेसम्म यसका लागि मेगा म्याक्स टिभी प्रालि (म्याक्स डिजिटल टिभी), सुविसु नेट प्रालिले सुविसु टिभी, एनआईटिभी प्रालिले नेट टिभी र ब्रोडलिंक नेटकवर्क कम्युनिकेेसनले पनि आईपी टिभी चलाइरहेको छ । इन्टरनेटमा आधारित यो पनि डिजिटल टेलिभिजन प्रविधि हो । पछिल्लो समयमा आईपी टेलिभिजन सेवा लिनेको संख्या पनि बढ्दै गएको छ ।

डीटीटीमा प्रभु टिभी

आइतबारबाट नयाँ प्रविधिको डिजिटल टिभीको सेवा पनि नेपाल भित्रिएको छ । प्रभु डिजिटल प्रालिले ‘प्रभु टिभी’ सञ्चालनमा ल्याएको छ । यो टिभी प्रविधि डिजिटल टेरेष्ट्रियल प्रविधि हो ।

यो टिभीका लागि ठूलो एन्टेना, छाता र केबलको जरुरत पर्दैन । यस्तै प्रविधिमा टेलिभिजन चलाउन अहिलेसम्म महाकाली डिजिटल नेकवर्क, प्रभु डिजिटल प्रालि, एमटिभी डिजिटल नेटवर्क प्रालि, लिलाभिर प्रालि, प्रभु नेटवर्क प्रालिले अनुमति पाएका छन् ।

डीटीटी प्रविधिको टेलिभिजनका लाइसेन्स लिएर पनि सञ्चालन गर्न तयारी नगरेपछि हनी नेटवर्क प्रालि र युनिभर्सल नेटकवर्क सोलुसन प्रालिको अनुमतिपत्र खारेज भएको छ ।

एमएमडीएस पनि विकल्पमा

ग्राहकलाई आफ्नो टेलिभिजनलाई डिजिटल बनाउन अर्को विकल्प मल्टिी च्यानल मल्टीप्वाइन्ट डिस्ट्रब्युसन सर्भिस (एमएमडीएस) प्रविधि पनि हो । यो प्रविधिमा पनि नेपालमा केही टेलिभिजनले डिजिटल सेवा दिइरहेका छन् ।

मेगा ब्रोडकाष्टिङ प्रालि र कञ्चन स्काइ नेटवर्क प्रालिले सर्वसाधाराणकै लागि डिजिटल टिभी चलाइरहेका छन् । बि्रटिस गोर्खहरुको क्याम्पमा पनि एसएभीसी बि्रटिस रेडियो सर्भिसका नाममा यो प्रविधिको टेलिभिजन चलिहरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment