Comments Add Comment

जर्सी साटेर झुक्याउने तयारीमा दक्षिण कोरियाका प्रशिक्षक

४ असार, काठमाडौं । दक्षिण कोरियाका प्रशिक्षक सिन ताइ-योङले विपक्षी टिमलाई झुक्याउनका लागि मैत्रीपूर्ण खेलहरुमा खेलाडीको जर्सी परिवर्तन गरेको खुलासा गरेका छन् ।

यसै महिना बोलिभिया र सेनेगलविरुद्धको मैत्रीपूर्ण खेलमा टोटेनहृयामका फरवार्ड सोन हेउङ-मिन र कप्तान कि सुङ-युङको बाहेक सबैको जर्सी नम्बर अदलबदल गरिएको उनको भनाइ छ ।

‘प्रतिस्पर्धीहरुलाई आफ्नो सबै शक्ति नदेखाउन र उनीहरुलाई भ्रमित बनाउन यसो गरेका हौं,’ योङले भने, ‘उनीहरुले हाम्रा केही खेलाडीलाई चिनेका हुन सक्छन् तर पश्चिमीहरुले एशियनहरुलाई झट्टै छुट्याउन सक्दैनन् ।’

यसैबीच, स्वीडेनका प्रशिक्षकले उनको टोलीका एक प्रतिनिधिले दक्षिण कोरियाको फुटबल अभ्यास लुकेर हेरेको खबर बाहिरिएपछि माफी मागेका छन् ।

विश्वकपमा स्वीडेन र दक्षिण कोरियाबीच सोमबार भिडन्त हुँदैछ । म्याचपूर्वको पत्रकार सम्मेलनमा उनलाई टोलीका लासे जाकोब्सनले अष्ट्रियामा कोरियाको जासुसी गरिरहेको विषयमा प्रश्न सोधिएको थियो ।

‘उनले अभ्यास सत्रको विषयमा सुने । तर, उनलाई थाहा भएन कि यो बन्द सत्र थियो । त्यही भए उनले केही टाढा बसेर तालिम लिएको हेरे,’ उनले भने ।

दक्षिण कोरियाका प्रशिक्षक योङले पनि यो ठूलो कुरा नभएको बताए ।

‘हरेक प्रशिक्षकलाई लाग्छ कि विपक्षीले तपाईंहरुको जासुसी गर्दैछन्,’ उनले भने, ‘हामीले अर्को टिमको बारेमा बढीभन्दा बढी सूचना हासिल गर्न खोज्नु कुनै अस्वभाविक कुरा होइन,’ उनले भने ।

कोरिया र स्वीडेनबीचको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । उनीहरुको समूहमा जर्मनी र मेक्सिको जस्ता बलिया प्रतिद्वन्द्वीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment