Comments Add Comment

विपद्को पूर्व तयारीः इटहरी, पोखरा र सुर्खेतमा सेनाको हेलिकोप्टरसहित उद्दार टोली

४ असार, काठमाडौं । सरकारले विपद् व्यवस्थापनका लागि तराई क्षेत्रलाई लक्षित गरेर ३ स्थानमा हेलिकोप्टरसहित विपद् उद्दार टोली राख्ने तयारी गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले प्रदेश १, ४ र कर्णालीमा उद्दार टोली तयारी अवस्थामा राख्ने तयारी गरेको हो ।

विपद्को समयमा हुने जनधनको क्षतिलाई मध्यनजर गर्दै तत्कालन परिचालन हुने गरी त्यो टोली नेपाली सेनाबाट राखिने निर्णय गरिएको छ ।

बैठकले प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले सबै प्रकृतिका विपद् पूर्व तयारीका लागि आवश्यक सामाग्री तथा औजार खरिद गरि विपद् व्यवस्थापनका कार्यलाई थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ ।

त्यसका लागि आवश्यक स्रोत साधनको व्यवस्था मिलाउने समेत निर्णय भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment