Comments Add Comment

‘निर्माण सामग्रीको मूल्यवृद्धिले विद्यालय पुनर्निर्माणमा ढिलाइ’

४ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण सामग्रीहरुको मूल्यमा आएको उत्तरचढावका कारण विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको स्पष्टिकरण दिएको छ ।

प्राधिकरण अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन शिक्षा इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठले निर्माण सामग्रीको मूल्यमा आएको उतारचढावका कारण विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको स्पष्टिकरण दिएका हुन् ।
्प्रा

धिकरणले विद्यालयको पुनर्निर्माणमा स्थानीयको माग पनि बाधकको रुपमा रहेको दावी गरेको छ । सोमबार काठमाडौंमा आयोजित भूकम्पपछिको पुनर्निर्माणको कामको प्रगतिबारे समीक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै आयोजना निर्देशक श्रेष्ठले हालसम्म भूकम्पले क्षति पुर्‍याएको ३ हजार ७ सय ८५ वटा विद्यालय पुनर्निर्माणको काम सम्पन्न गरिएको पनि स्पष्ट पारे ।
सरकारले विद्यालय पुनर्निर्माणको काम विद्यालय व्यवस्थापन समिति, विभिन्न आयोजना र गैरसरकारी संस्थाहरुलाई दिएको छ । आयोजना निर्देशक श्रेष्ठले जग्गा नभएका कारण करिव ४ सय ५० वटा विद्यालय पुनर्निर्माण तत्काल अघि बढाउन सकिने अवस्था नरहेको पनि जानकारी दिए ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ७ हजार ९ सय २३ वटा विद्यालयमा क्षति पुगेको थियो । प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई पूर्णता दिएपछि विद्यालय पुनर्निर्माणको काममा तीव्रता दिने योजना पनि अघि सारेको छ ।
शिक्षा इकाई निर्देशक श्रेष्ठले विद्यालय पुनर्निर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढने योजना पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment