Comments Add Comment

शिवसताक्षीको जंगलमा जुवाको खाल, १ लाख रुपैयाँसहित दुई जना समातिए

फाइल फोटो

४ असार, झापा । प्रहरीले झापाको शिवसताक्षी नगरपालिकाबाट ३ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको सथाबाट १ लाख ९ हजार ९ सय ९० रुपैयाँ समेत बरामद भएको छ ।

आइतबार साँझ नगरपालिकाको ११ नम्बर वडा स्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मारेर शिवसताक्षी–८ का सुमन गुप्ता, कनकाई नगरपालिका–६ का कुलबहादुर दर्नाल र अर्जुनधारा नगरपालिका–६ का सन्तोष विकलाई नियन्त्रणमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय, झापाका डिएसपी जितेन्द्रकुमार बस्नेतले उनीहरुलाई इलाका प्रहरी कार्यालय, झिलझिलेमा राखेर थप अनुसन्धान थालिएको बताए ।

स्थानीयका अनुसार जुवाको खालमा प्रहरी टोलीले पुग्ने वित्तिकै केही जुवाडे भागेका थिए । तर, उनीहरुलाई पक्राउ गर्न प्रहरी असफल भयो । जुवा खेल्नेमा केही प्रतिष्ठित व्यापारी र राजनीतिक दलसँग आबद्ध व्यक्ति समेत भएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरीले फरार रहेकाहरुको खोजी गरिरहेको दाबी गरे पनि उनीहरुसम्म पुग्न सकेको छैन । प्रहरीलाई सताक्षीधामको पिकनिक स्पट पूर्वको सामुदायिक वनभित्रको जंगलमा जुवा खेलाइने गरिएको सूचना यसअघि पनि आएको थियो । तर, पटकपटकको प्रयासपछि मात्रै प्रहरीको अप्रेशन सफल भएको हो ।

जुवाको खाल नजिकै जुवाडेले पार्किङ्ग गरेर राखेको ३ वटा कार र ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार बा १५ च १९६७, बा १३ च १४७५ र मे १ च ४३८९ नम्बरका कार र मे ८ प १९१२, मे १० प ३६, मे ५ प ६५६३, मे ३ प ५७६९ र मे ९ प २९७२ नम्बरका मोटरसाइकल बरामद भएको हो ।

पक्राउ परेकाहरुमाथि जुवा ऐन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment