Comments Add Comment

भैरेको ट्रेलर सार्वजनिक

दयाहाङ राईको प्रमुख भूमिका रहेको चलचित्र ‘भैरे’ को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सुर्य बोहोराले यो चलचित्र निर्देशन गरेका हुन् ।

चलचित्रमा दयाहाङका साथमा वषर्ा सिवाकोटी, सुरक्षा पन्त, बुद्धि तामाङ, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । नेपालय सिनेमा इन्टरनेसनलको ब्यानरमा देवीमाया फिल्म्स र सिनेमान्डु इन्टरटेनमेन्टको प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो ।

प्रेम प्रसाद पौडेल र देवी माया अधिकारी निर्माता तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेका छन् । फिल्ममा गायक यम बरालको पनि लगानी छ ।

फिल्मको संगीत बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालले दिएका छन् भने नृत्य निर्देशन बसन्त श्रेष्ठ, कविराज गहतराज र रामजी लामिछानेको रहेको छ । फिल्ममा एभरेस्ट सुर्य बोहोरा, दिनेश न्यौपाने र अभिमन्यू निरवीको पटकथा संवाद रहेको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

हेर्नुस् ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment