Comments Add Comment

करेन्ट लागेको एकको मृत्यु एक जना गम्भीर घाइते


४ असार, कैलाली । सोमबार दिउँसो जिल्लाको गोदावरी नगरपालिका ३ मालाखेतीमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

विद्युत ट्रान्सफर मर्मत गर्ने क्रममा करेन्ट लागेर गोदावरी नगरपालिका ८ का प्रयाग चौधरीको निधन भएको छ । उनलाई करेन्ट लागेपछि उपचारको लागि धनगढीस्थित सेती अञ्चल अस्पतालतर्फ ल्याउँदा बाटोमा नै मृत्यु भएको अस्पतालले जानकाररुी दिएको छ ।

घटनामा गम्भीर घाइते सोही ठाउँका मंगल चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण शाखा धनगढीका प्रमुख धिरेन्द्रकुमार यादवले वीरभद्र सहकारीको विद्युत ट्रान्सर्फमर मर्मत गर्ने क्रममा करेन्ट लागेर चौधरीले निधन भएको बताउँदै विद्युत लाईन काटेर मर्मत गर्नुपर्नेमा के भएको हो भनेर त्यसको अनुसन्धान गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment