Comments Add Comment

श्री एयरलाइन्सको असार १०देखि काठमाडौं-राजविराज उडान


४ जेठ, काठमाडौं । श्री एयरलाइन्सले असार १० गतेबाट काठमाडौंदेखि सप्तरीको राजबिराजसम्म हप्ताको ५ दिन उडान गर्ने भएको छ । राजबिराज विमानस्थल सञ्चालनमा आउँदा परिक्षण उडान गरेको श्री एयरलाइन्स नै यो विमानस्थलमा यात्रुलाई सेवा पुर्‍याउने गरी उड्ने भएको छ ।

अहिलेसम्म नागरिक उड्डयन प्राधिकरणसँग श्री एयरलाइन्सले मात्रै काठमाडौं देखि राजबिराजसम्म उडान गर्नका लागि अनुमति मागेको छ ।

काठमाडौं देखि राजबिराज आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार उडान गर्नेछ । र सोही दिनहरुमा नै राजबिराजदेखि काठमाडौंसम्म उडान गर्ने श्री एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सका अनुसार यो काठमाडौदेखि दिउसो सवा १ बजे राजबिराजका लागि छुट्नेछ । र, राजबिराजबाट भने २ बजेर १० मिनेट जाँदा काठमाडौं उडान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment