Comments Add Comment

संस्कृत तथा धार्मिक पुस्तकहरु वितरण


४ असार, काकठमाडौं । एभरेष्ट बैंक धनगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत धनगढी-१३ कैलालीगाँउ स्थित निङ्गलासैनी गुरुकुल संस्कृत विद्यापीठलाई आवश्यक संस्कृत तथा धार्मिक पुस्तकहरु वितरण गरेको छ ।

धनगढीका मेयर नृपबहादुर वडको प्रमुख आतिथ्यमा एभरेष्ट बैंक धनगढी शाखाको तर्फबाट शाखा प्रबन्धक यज्ञ राज तिमिल्सिना तथा कर्जा प्रमुख हिमाल भट्टराईले संयुक्त रुपमा यस विद्यापीठका विद्यार्थीहरुलाई पुस्तकहरु हस्तान्तरण गरे ।

एभरेष्ट बैंक धनगढी शाखाले यस प्रकारका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गर्दै आएको र भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने यस बैकका धनगढी शाखाका प्रवक्ता जनक अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment