Comments Add Comment

इंग्ल्याण्ड भर्सेस ट्युनिसिया : पूरा होला ट्युनिसियाको सपना ?


४ असार, काठमाडौं । युवा खेलाडी हृयारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डलाई यसपटक विश्वकप दाबेदार टोलीले रुपमा हेरिएको छ । समूह ‘जी’ मा रहेको इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा सोमबार राति पौने १२ बजे ट्युनिसियाको सामना गर्दै छ ।

फिफा वरियतामा २१ औं स्थानमा रहेको ट्युनिसियाको यो पाँचौ विश्वकप हो । सन् १९७८ मा पहिलो विश्वकप खेलेको ट्युनिसियाले सन् १९९८, २००२ र २००६ को विश्वकपमा पनि सहभागिता जनाएको थियो ।

१२ वर्षपछि विश्वकपमा फर्किएको ट्युनिसिया यसअघि समूह चरणबाट माथि जान सकेको छैन ।

सन् १९७८ को विश्वकपमा मेक्सिकोलाई ३-१ ले हराएपछि ट्युनिसियाले कुनै खेल जित्न सकेको छैन । विश्वकपमा खेलेका १२ खेलमा ट्युनिसियाले एक खेलमा जित, चार खेलमा बराबरी गरेको छ । सात खेलमा पराजित भएको छ ।

यसपटक भने युवा खेलाडीको वर्चस्व रहेको ट्युनिसियाले समूह चरणमा कडा चुनौती प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

उता इंग्ल्याण्ड विश्वकपमा अहिलेसम्म कुनै पनि अफ्रिकी देशसँग पराजित भएको छ । अहिलेसम्म अफ्रिकी देशसँग भएका ६ खेलमा तीनमा जित निकालेको इंग्ल्याण्डले तीन खेलमा बराबरी गरेको छ ।

विश्वभर चर्चामा रहने सबैभन्दा महंगो फुटबल लिग ‘इंग्लिस पि्रमियर लिग’का कारण पनि इंग्ल्याण्ड फुटबल प्रेमीको रोजाइमा पर्ने गर्दछ ।
इंग्ल्याण्ड यसपटक नाइजेरिया पछिको सबैभन्दा युवा टोली पनि हो । अर्को महत्वपूर्ण विषय इंग्ल्याण्ड मात्रै त्यस्तो टोली हो जसका सबै खेलाडी इंग्ल्याण्डकै लिगमा आबद्ध छन् ।

सन् १९५० बाट विश्वकप खेल्न थालेको इंग्ल्याण्डले १९६६ को विश्वकप जितेको थियो । त्यसपछि आधुनिक फुटबलमा इंग्ल्याण्डको चर्चा भइरहे पनि विश्वकपमा उल्लेख्य खेल देखाउन सकेको छैन ।

सन् २०१४ को विश्वकप र २०१६ को युरोकप हेर्दा इंग्ल्याण्ड टिमको आलोचना हुने गरे पनि यो पटक निकै भिन्नता देखिएको छ । विश्वकपमा इंग्ल्याण्ड ६ पटक क्वार्टरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ ।

तथ्यांकमा दुई देश

विश्वकपमा ट्युनिसियाले १ खेल जितेको छ । ४ खेल बराबरी गरेको छ । ७ खेल हारेको छ । जसमा ८ गोल गरेको छ भने १७ गोल खाएको छ ।
इंग्ल्याण्डले विश्वकपमा २६ खेल जितेको छ । २० खेल बराबरी गरेको छ । १६ खेल हारेको छ । जसमा ७९ गोल गरेको छ भने ५६ गोल खाएको छ ।

रसिया विश्वकप छनोटमा ट्युनिसियाले ४ खेल जितेको थियो । दुई खेल बराबरी गरेको थियो । जसमा ११ गोल गरेको ट्युनिसियाले ४ गोल खाएको थियो ।

विश्वकप छनोटमा इंग्ल्याण्डले ८ खेल जितेको थियो भने दुई खेल बराबरी गरेको थियो । जसमा १८ गोल गरेको इंग्ल्याण्डले ३ गोल खाएको थियो ।

ट्युनिसिया र इंग्ल्याण्डबीच अहिलेसम्म भएका दुई खेलमा एक खेल इंग्ल्याण्डले जितेको छ भने एक खेल बराबरी भएको छ । पछिल्लो पटक सन् १९९८ को विश्वकपको समूह चरणमा भेट हुँदा इंग्ल्याण्डले ट्युनिसियालाई २-० ले हराएको थियो ।

हेर्नपर्ने खेलाडी

हृयारी केन – इंग्ल्याण्ड

इंग्लिस क्लब टोटनहृयामबाट पि्रमियर लिगमा प्रभाव पारेका केन इंग्ल्याण्ड टिमका भरपर्दा स्ट्राइकर हुन् । विश्वकपमा इंग्ल्याण्ड टिमका कप्तानी सम्हाल्न लागेका उनले इंग्लिस पि्रमियर लिगमार्फत नै आˆनो खुबी देखाएका हुन् ।

उनलाई सन् १९९६ को फिफा वर्ष खेलाडीको सूचीमा तेस्रो स्थानमा आएका एलन शिएररसँग पनि तुलना गरिन्छ ।

२४ वर्षका केन कडा मेहनत गर्छन, अनुशासित व्यवहार देखाउँछन् । समयको महत्ज र कुरा बुझ्ने उनको क्षमता राम्रो छ ।

उनकै बलमा टोटनहृयामले प्रिमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको मुखैमा आएर ठूलो विश्वाससहित कप्तानको जिम्मा केनलाई थमाएबाट उनी उनको महत्व प्रष्ट हुन्छ ।

उनले सन् २०१७/१८ मा टोटनहृयामबाट ४४ खेल खेल्दै ३७ गोल गरेका थिए । उनी सन् २०१५ बाट इंग्ल्याण्ड टिममा छन् । जसमा २४ खेलमा १३ गोल गरेका छन् ।

वाहबी खजरी – ट्युनिसिया

ट्युनिसिया १२ वर्षपछि विश्वकपमा र्फकन अट्याकिङ मिडफिल्डबाट खेल्ने वाहबीको खेल महत्वपूर्ण सावित भएको छ ।
फ्रेन्च लिग वान क्लब रेनर्सबाट व्यावसायिक फुटबल खेल्ने उनले २०१७/१८ मा करिअरकै उत्कृष्ट खेल प्रदर्शन गरेको फुटबल विश्लेषक बताउँछन् ।

विश्वकप छनोटमा पनि मौरिटानिया र लिबियाविरुद्ध उनले गरेको गोल जितका लागि महत्वपूर्ण सावित भएको थियो । सन् २०१३ देखि ट्युनिसिया राष्ट्रिय टिमबाट खेलेका उनले ३६ खेलमा १२ गोल गरेका छन् ।

यो पनि पढ्नुहोस्

इंग्ल्याण्डलाई हराएर ‘अरब क्रान्ति’को पीडा बिर्सन चाहन्छ ट्युनिसिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment