Comments Add Comment

जापानमा हप्तामा १४वटासम्म सीधा हवाई उडानका लागि सम्झौता


४ असार, काठमाडौं । नेपाल र जापानबीचका हवाई उडान सम्झौता २५ वर्षपछि पुनरावलोकन गरिएको छ । नयाँ सम्झौताअनुसार नेपाल र जापानबीच हप्तामा १४ पटकसम्म सीधा हवाई उडान हुने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारी र जापानी उड्ययन अधिकारीबीच भएको वार्तापछि सम्झौता पुनरावलोकनमा सहमति जुटेको हो । यसका लागि पर्यटन सचिव कृष्ण देवकोटा नेतृत्वको टोली अहिले जापान भ्रमणमा छ ।

सम्झौतामा हस्ताक्षर पनि भएको छ । अब नेपाली एयरलाइन्सहरुले जापानको हानेडा विमानस्थलबाहेक अन्यमा सीधा उडान गर्न सक्नेछन् ।

यसअघि नेपाली एयरलाइन्सले जापनको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउँथे । अब नेपालबाट जापानमा दिनमा २ वटा सीधा उडान हुनेछ । नेपाल एयरलाइसन्सले ल्याउने वाइडबडी एयसबसलाई जापानमा सीधा उडान सेवा गर्न यो सम्झौताले बाटो खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment