Comments Add Comment

अनौठो संस्कार: जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलै बस्नुपर्ने

हामी कहाँ कपाललाई महिलाहरुले सुन्दरताको एउटा महत्वपूर्ण मानक मान्छन् । लामो र सिल्की कपालले महिलाहरुको सुन्दरतामा चमक थप्दछ । तर यो दुनियामा यस्तो संस्कार पनि छ जहाँ बिहे अघिसम्म महिलाहरुले कपाल पाल्नै पाउँदैनन् । अर्थात्, जीवन साथी फेला नपर्दासम्म युवतीहरु मुडुलो बस्नु पर्दछ ।

दक्षिण अफ्रिका, इथियोपिया तथा सोमालियामा बस्ने बोराना आदिवासीहरुमा यो अनौठो प्रचलन रहेको छ । जस अनुसार केटीहरुले निश्चित अवधिसम्म मुडुलो बस्नु पर्दछ ।

राम्रो जिवनसाथी पाउनका लागि त्यहाँका युवतीहरु टाउकोमा कपाल राख्दैनन् । अभिभावकहरुले पनि आफ्ना छोरीहरुका लागि यस्तै नियम बनाइदिएका हुन्छन् । जबसम्म उनीहरुलाई जोडी मिल्ने जिवनसाथी फेला पर्दैन, तबसम्म उनीहरुले कपाल पाल्न पाउादैनन् ।

जिवनमा उत्कृष्ट जिवनसाथी प्राप्त गर्ने अभिलाषाका साथ बोराना आदिवासीका युवतीहरु यो परम्पराको हृदयदेखि नै पालना गर्दछन् ।

बाहिरी दुनियाबाट अलग यो आदिवासी समुदाय आफ्नै नियम कानूनमा चल्दै आएको छ । उनीहरु बाहिरी मानिसहरुको हस्तक्षेप स्विकार गर्दैनन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment