Comments Add Comment

चश्माको उत्तम बिकल्प कन्ट्याक्स लेन्स, तर कसरी ?

अहिले धेरैको आँखा नियाल्नुहोस्, चश्मा पहिरिएको देख्न सकिन्छ । बालबालिकामा त यो समस्या थप देखिन्छ । अहिलेका बालबालिकाहरुको दृष्टि कमजोर हुँदै गएको छ ।

जब आँखाको दृष्टि कमजोर हुँदै जान्छ, त्यसबाट मुक्ति पाउनका लागि चस्मा प्रयोग गरिन्छ । चिकित्सकको परामर्शमा चस्मा लगाइन्छ । चस्माले कतिपय अवस्थामा दृष्टिमा सुधार पनि ल्याउन सक्छ ।

तर, चश्मा लगाउन त्यती सजिलो भने हुँदैन । यो केही न केही झन्झटिलो हुन्छ । फुट्ने, हराउने भय पनि हुन्छ ।

यस्तो अवस्थामा कन्ट्याक्ट लेन्स राम्रो विकल्प हुनसक्छ, चश्माको । यसले चश्मामा भन्दा अपेक्षाकृत राम्रो देखिने हुन्छ । साथै झुक्दा वा खेल्दा, झर्ने, हराउने, फुट्ने भय हुँदैन । तर, जसलाई बानी छैन, उनीहरुलाई कन्ट्याक्ट लेन्समा अभ्यस्त हुन सजिलो छैन ।

कन्ट्याक्ट लेन्सको मद्दतले आँखाको दृष्टि प्रष्टसँग देख्न सकिन्छ । तर, आँखाको पावर धेरै भएमा वा आँखाको पावर डिग्रीमा नापिएको अवस्थामा मात्र कन्ट्याक्ट लेन्स प्रयोग गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

के हो कन्ट्याक्ट लेन्स ?

कन्ट्याक्ट लेन्स एक पातलो लेन्स हो, जो आँखाको सतहमा लगाइन्छ । कन्ट्याक्ट लेन्स चिकित्सा उपकरण हो, जसलाई दृष्टिमा सुधार ल्याउन वा कस्मेटिक्सको रुपमा पनि प्रयोग गरिन्छ ।

कन्ट्याक्ट लेन्सलाई आँखाको रेटिनामा लगाइन्छ । यसले आँखाको रेटिना र लेन्सलाई फोकस गर्ने क्षमता बढाउने वा घटाउने काम गर्छ । उचित ढंगले प्रयोग गर्ने, ख्याल गर्ने हो भने, यो सुरक्षित र प्रभावकारी हुनसक्छ ।

कन्ट्याक्ट लेन्सको प्रकार

कन्ट्याक्ट लेन्स केही प्रकारका हुन्छन् । तपाईले प्रयोग गर्ने कन्ट्याक्ट लेन्स तपाईंको आँखाको अवस्थामा निर्भर गर्छ ।

नरम कन्ट्याक्ट लेन्स

यो वर्तमानमा निर्धारित कन्ट्याक्ट लेन्सको सबैभन्दा सामान्य प्रकार हो । यो लेन्स त्यही पदार्थले बनाइएको हुन्छ, जो पानीमा मिलाएर बनाइन्छ  । त्यही कारण यो नरम एवं लचिलो हुन्छ । यसले अक्सिजनलाई रेटिनासम्म पुग्नका लागि मद्दत गर्छ ।

दैनिक डिस्पोजेबल लेन्स

यो सामान्यत निकै महंगो हुन्छ । तर, यसमा संक्रमणको कम जोखिम हुन्छ ।

के कुरामा ख्याल गर्ने ?

जब तपाई कन्ट्याक्ट लेन्स उपयोग गरिरहनुभएको छैन भने, यसको राम्ररी ख्याल गर्नुपर्छ ।  यसमा दुई कुरा छन् ।

–   यदि तपाई डिस्पोजेबल कन्ट्याक्ट लेन्सको उपयोग गर्न पाइरहनुभएको छैन भने आफ्नो कन्ट्याक्ट लेन्सलाई लेन्स सलुशनमा राखौं । कन्ट्याक्ट लेन्स सलुशनले तपाईको कन्ट्याक्ट लेन्सलाई सफा तथा किटाणुरहित राख्नमा मद्दत मिल्छ ।

–   निर्धारित अवधीसम्म कन्ट्याक्ट लेन्स प्रयोग गरौं । धेरैजसो लेन्स यी तीनमध्ये कुनै एक श्रेणीमा आउँछ । डिस्पोस डेली, डिस्पोस सेमी-विक्ली, डिस्पोस मन्थली । आफ्नो कन्ट्याक्ट लेन्सको निर्धारित अवधी जाँच गरौं र त्यस अवधीपछि कन्ट्याक्ट लेन्सको उपयोग गर्न बन्द गरौं ।

कसले लगाउनु हुन्न ?

अधिकांश व्यक्तिको दृष्टिमा सुधार आवश्यक हुन्छ, उनीहरुले कन्ट्याक्ट लेन्स लगाउन सक्छन् । तर, निम्न परिस्थितीमा कन्ट्याक्ट लेन्स लगाउनु उपयुक्त हुँदैन ।

–   पटक-पटक आँखाको संक्रमण हुने

–   गंभीर एलर्जी

–   सुख्खा आँखा

–   धेरै धुलोयुक्त वातावरणमा काम गर्नेले

–   सही ढंगले लेन्सको ख्याल गर्न नसक्नेले

यस्तो अवस्थामा चिकित्सकलाई भेट्नैपर्छ

–   लेन्स प्रयोग गर्दा आँखा रातो भएमा

–   चिलाएमा

–   बिझाएमा

–   आँखा सुख्खा भएमा

–   आँखामा चोट लागेमा

जान्नैपर्ने कुरा

कन्ट्याक्ट लेन्स चश्माको विकल्प हो । यो स्टाइल वा सजिलोको लागि होइन, बरु विशेष अवस्थाका लागि हो । त्यसैले यसलाई जथाभावी प्रयोग नगरौं । कस्मेटिक्स प्रयोजनका लागि पनि कन्ट्याक्ट लेन्स बनाउने गरिएको छ । कन्ट्याक्ट लेन्स सही ढंगले प्रयोग नगर्दा आँखाको नानीमा असर गर्न सक्छ । लेन्स प्रयोग गरिसकेपछि त्यसको सरसफाईमा खास ख्याल गर्नुपर्ने हुन्छ । अन्याथा संक्रमण हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment